पुछिदा सिउँदाको सिन्दुर फुट्दा हातका चुरा
अलच्छिनी रै’छे भनेर काट्छन् दुनियाले कुरा
मर्नेहरू मरेर जाँन्छन् मृत्युको बाजी जितेर
बाँच्नेका सारा खुशीहरु सधैं रहन्छन् अधूरा
इज्जत जोगाउँनुपर्छ भन्दै कोर्छन् सीमारेखा
अरुकै अधिनमा हुन्छ यो सिङ्गो जीवन पूरा
पञ्चतत्वले बनेको शरीर माथि धावा बोली
अत्याचारको हद नाघेर मुटुमै हान्छन् छुरा
निरीह जिन्दगीको मूल्य मान्यता हुदैन यहाँ
छेपाराहरू बन्छन् समाजको नजरमा सूरा
