मुहार राम्रो सान्नानीको छ कम्मर छिनेको
उनले लाउने छोटो भोटो इजरायलमा किनेको
कहिलेकाहीं बिदामा घुम्न आउँछिन् शहर
पिज्जा र बर्गर खाने उनको ठूलो रहर
तैंले पनि चिनेको मैले पनि चिनेको
उनले लाउने छोटो भोटो इजरायलमा किनेको
कहिले खोक्छ बुढो कहिले खोक्छे बुढी
पाउरोटीले फुलेको सान्नानीको भुँडी
वाध्याता र विवश्ताले प्रदेश हिँड्ने रहर
ओल्टो कोल्टो फिर्दाफिर्दै फाट्छ चार प्रहर
दु:ख र पीडाले घुन झैं उनलाई पिनेको
उनले लाउने छोटो भोटो इजरायलमा किनेको
