यहाँ बाटाहरू धेरैछन् छानेर हिँड्नुपर्छ
साना ठूला सबैका अर्ति मानेर हिँड्नुपर्छ
सिकेर कहिल्यै सकिन्न जीवनमा पाठहरू
आफूलाई सानो बालक ठानेर हिँड्नुपर्छ
सधैं जीवन सुगम हुन्न दुर्गम भेट्दा पनि
एक मुट्ठी सास हाँसीखुसी तानेर हिँड्नुपर्छ
चञ्चल मन धिरता गुमाइ भौतारिन सक्छ
मनको अधिरता बुद्धीले बानेर हिँड्नुपर्छ
किरा माकुँरा सबैको लस्कर हुन्छ बाटोमा
तिनको पनि मौलिक हक जानेर हिँड्नुपर्छ