माया, मोहको जालमा परेकी एक दुखियारी हुँ
कमजोर नसम्झ कैले सृष्टी जोगाउने नारी हुँ
वाध्यता र विवस्ताको हावा-हुरीले लछारे पनि
बटुवालाई शितल दिने ममताकी छहारी हुँ
सांसारिक वन्धन चुँडालेर भुरुरु उड्न सक्छु
सिंगो संसार रचियताकी सहयोगी र प्यारी हुँ
परिचयमा के राखेको हुन्छ को के कहाँ भनेर?
सबैको भलो चिताउने एउटी परोपुकारी हुँ
