Skip to content


“हेर छोरा ! प्रेमभन्दा ठूलो केही छैन । प्रेमले शत्रुलाई पनि मित्रु बनाउँछ” आमाले म्रुत्यु अघि भनी । उसले गाउँकी केटीसित प्रेम गर्न थाल्यो । एकान दुकान मैदान हुँदै ती कुरा बाउको कानमा परे । बाउले “कुल, धर्म, भ्रष्ट, बनाउने कुलङ्गार” भनेर गाली मात्रै गरेन, दुई चार चड्कन पनि लगायो । बाउको व्यवहारले मर्माहत हुँदै सोच्यो “के आमाले भनेका कुरा झुठा हुन् त ? ”

…कसलाई सोध्ने ? आमा थिइन । बाउले “आइन्दा त्यो केटीसित बोलेको मात्रै देखें भने जिब्रो काटिदिन्छु” भन्यो । ऊ के गर्ने, कसो गर्ने अन्योलमा पर्‍यो । उदास अवस्थामै दुई चार महिना बिते ।
एक दिन गाउँमा हल्ला चल्यो “प्रवचन दिन महान गुरुको उपस्थित हुँदै छ ।” ऊपनि त्यहाँ पुग्यो । बिहान देखि राती अबेरसम्म प्रवचन चलिरह्यो । प्रवचन सकिएपछि सबै आआफ्नो घरतिर लागे । ऊ भने त्यहिँ रमाइरह्यो ।

गुरुका आँखा उमाथि परे- बालक तिमी किन घर नगएको ?

म ठूलो समस्याले घेरिएको छु गुरुदेव । त्यसैले ।

कस्तो समस्या बालक ?

मेरी आमाले म्रुत्यु अघि ‘प्रेम भन्दा ठूलो केही छैन । प्रेमले शत्रु पनि मित्रु हुन्छ’ भनेकी थिइन् । अहिले आमाको वाक्य मेरो लागि ठूलो अभिशाप बनेको छ । म गाउँकी केटीसँग प्रेम गर्छु । त्यो प्रेमले मेरा बाउको धर्म भ्रष्ट भयो रे ।’
गुरु एकछिन् जोडले हाँसेपछि बोले “तिम्री आमाले गरेका कुरा असत्य होइनन् बालक । बरु तिम्रो बुझाई गलत हो ।”

कसरी गुरुदेव ?

तिमी जेलाई प्रेम भन्दैछौ त्यो आवश्यकता हो । यो आवश्यकता मान्छेलाई मात्र होइन पशुपन्छी, किरा फट्याङ्ग्रा सबैको जीवनमा पर्छ । यो आवश्यकिय प्रेममा स्वार्थ लुकेको हुन्छ । त्यसैले यस्तो प्रेम दोषरहीत हुन सक्दैन ।

निस्वार्थ प्रेम कस्तो हुन्छ गुरुदेव ?

प्रेम यस्तै हुनुपर्छ भनेर व्याख्या गर्नु कठिन छ । रात धेरै बितीसक्यो । मलाई आरामपनि गर्नु छ । नत्र भोली प्रवचन दिन सक्तिन । तिमीले यति बुझ, प्रेम दुई प्रकारको हुन्छ । एउटा स्वार्थपूर्ण प्रेम । अर्को निस्वार्थपूर्ण । निस्वार्थपूर्ण प्रेममा जात, वर्ग, लिङग, धर्म, देश, काल, परिस्थितीको ख्याल राख्नु जरुरी हुन्न । स्वार्थपूर्ण प्रेममा जात, कुल, धर्म, सम्पत्ति, सम्पूर्ण कुराको ख्याल राख्नुपर्छ ।

निस्वार्थ प्रेम तिमी नचिनेको नजानेको सबैलाई गर्न सक्छौ । स्वार्थपूर्ण प्रेम आफू र आफ्नो नाता गोतामा सिमित रहन्छ । त्यसपछि कुनै प्रतिप्रश्न नगरि केटो घरतिर लाग्यो । गुरुजी ओछ्यानतिर।

-गीता थापा

Leave a Reply

Your email address will not be published. Required fields are marked *