हिउँको बर्षा (१)
यो मन कठ्याङ्ग्रियो
उन्को यादमा
साह्रै अनौठो (२)
चलन जिन्दगीको
समाप्त हुने
तिम्रो दबाव (३)
चुलिँदै जाँदाखेरी
अन्याय भयो
कालो त्यो रात(४)
जूनको प्रतिक्षामा
जाग्राम बस्यो
अहमभित्र (५)
ज्ञान उदाएपछि
जीवन हास्यो
दुखको बर्षा (६)
कर्ममा मन भिज्यो
दरिद्र भाग्यो
काम नहुदा (७)
अरुको खोजिनिन्दा
निरर्थक जन्म
