चट्टै माया मारेपछि चुडिएको यो मुटु
जोडिदैन अब जतिसुकै गरे पनि लुटुपुटु
सम्झाएँथें कयौं रात जाग्रम बसी बसी
बाटो लाग्यो निर्मोही विच्छुले झैं डसी
विस्वाशमा घातको सहीछाप लागेपछि
व्यर्थै सम्झौता नाता तोडेर भागेपछि
पछुतोको आँशुहरू निले पनि घुटुघुटु
जोडिँदैन दिल जतिसुकै गरेपनि लुटुपुटु
भनेकै हो पाप लाग्ला चोखो पिरतीको
लक्ष्मण रेखा नाघ्यो उपदेश र अर्तीको
