Skip to content

दन्केको छ मनभित्र रा’को कारण बुझ्ने कोशिस गर्दैछु


दन्केको छ मनभित्र रा’को कारण बुझ्ने कोशिस गर्दैछु
जगमा छ परिवर्तन आ’को कारण बुझ्ने कोशिस गर्दैछु

आफ्ना लागि बाचेको भन्नु फगत बाँदर तर्साउने पुत्ला
छैन खुसीले सासफेर्न पा’को कारण बुझ्ने कोशिस गर्दैछु

एकान्तमा एक्लै टोलाई मनमा नानाथरी कुरा खेलाई
हेर्दा क्षितिज बादलले ढा’को कारण बुझ्ने कोशिस गर्दैछु

अर्काको देशमा आलुको भाउमा पसिना बेच्दै गयो उमेर
जन्मभूमिमा छैन माया ला’को कारण बुझ्ने कोशिस गर्दैछु

विदेशमा बसेर मस्ती गरेकी होली भन्ने सोच्दो हो जनले
अहिलेसम्म छैन डिस्को धा’को कारण बुझ्ने कोशिस गर्दैछु

निर्लज्ज खित्का छाडेर गिज्याउदै सोधी एकदिन एउटीले
यै आदर्शवादी रक्सी न खा’को कारण बुझ्ने कोशिस गर्दैछु

Leave a Reply

Your email address will not be published. Required fields are marked *