आकाश धर्तीको के राख्नु सम्बन्ध हाम्रो
डोरी म तोड्छु,तिमी नयाँ बाटो लैजाउ ।।
क्षितिज शहर छोडि टाढा-टाढा जादैछ
दु:ख मेरो भागमा,सुखको पाटो लैजाउ ।।
गहभरी बिषादि पालेर,परेली नभिजाउ
आत नभिजेन, एक झरी बर्षात लैजाउ ।।
उपवन सधैं ढकमक्क भईरहोस् तिम्रो
मन चुडेर दिएको छु,यो सौगात लैजाउ ।।
अवनिलाई ओछयाइ,गगन ओडुला म हेर
सौगात तिमीलाई मेरो यो बास लैजाउ ।।
सहनेकै छाती,प्रेम त्याग पनि हो भने
आउ बसन्तको न्यानो मधुमास लैजाउ ।।
म रित्तिदा तिमीलाई शान्ती मिल्छ भने
मेरो श्वास लैजाउ,मेरो आश लैजाउ ।।
म नरहदा तिम्रो सरोबर खिल्छ भने
प्राण त्यागी दिन्छु,मेरो लाश लैजाउ ।।
टाढा टाढा तिम्रो नजरबाट ओझेल हुँदैछु ।
काडा पन्छियो तिम्रो,फूलको सुवाश लैजाउ ।।
पाखा पखेरुमा रमाउछ यो बसन्त सधैं
लाशलाई हेर्नु पर्दा,एक थुङा गुरास लैजाउ ।।
बसन्त कुमार श्रेष्ठ ‘क्षितिज