म तिम्रो इशारामा नाच्नुको बिकल्प छैन
कारण पनि छैन
तागत पनि छैन
जमुने ! सलाम गर त
आदेश मालिकको जस्को बन्धनमा छु ।
जमुने ! नाचेर देखा त
आदेश अन्न दाताको जस्को भरमा बाच्छु ।।
अलिक दु:ख लाग्छ,
लाठी उस्को हातमा डरमा हास्छु ।।
म तिम्रो हातको कठपुतली बन्नुको बिकल्प छैन
म चक्काजाम गर्न सक्दिन
म हड्ताल गर्न पनि सक्दिन
जमुने ! उल्टी जम हान त
कोखा हिजै दुखेको हो तर माथिकै आदेश हो ।
जमुने !………………………..
पीडाहरु सहेरै मान्नु पर्यो यो शायद अध्यादेश हो ।।
म पीडित सधै नै,उस्को लागि म धनादेश हो ।।
सोच्छु ! आज सोच्नु बाहेकको बिकल्प रहेन
हाम्रा हित हेर्ने पनि कोही होलान
अधिकारवादीहरुलाई
मानवतावादीहरुलाई
साथ लिइ बन्धन यो तोड्छु ।।
स्वतन्त्र भई नयाँ संसार जोड्छु ।।
यी पापीहरुको पापको घैला फोड्छु ।।।
जमुने ! कान सुन्दैनस, सबैलाई ढोग त ?
म सपनाबाट यथार्थको धरातलमा पछारिए ।।
देखे ! म जस्तै नेपाली आस्था बन्दीहरु
फरक केही पाइन हजुर,डमरुको कसम ।।
बसन्त कुमार श्रेष्ठ ‘क्षितिज’

एकदम यथार्थवादी कविता भयो।
एकदम यथार्थवादी कविता भयो। तपाईंका शब्दहरूकोम मृदुलताको प्रशंसक भएको छु।
मुरी-मुरी धन्यवाद हजुरलाई ।
मुरी-मुरी धन्यवाद हजुरलाई । यो हौसलाको लागि आभारी रहे । कोशीस गरिरहने छु ।।