Skip to content


छातीमा राज गरी,
हाम्रो मतको दुरुप्रयोग गर्दै
कहिले दिल्लीको ललिपप चुस्छौ रे ?
कहिले अमेरिकाको तलुवा पुस्छौ रे ??
कहिले बेझिङगको गुनगान गाउछौ रे ???

सुने दुर दराजमा,
हामी मौन बसेको फाईदा लुटदै
काठमाडौंमा नयाँ महल बनाउदै छौ रे ?
सरकार बनाउन सासदको टाउको जुटाउदै छौ रे ??
अभिष्ट पूरा गर्न आफ्नै पार्टी फुटाउदै छौ रे ???

भन्दै थिए नि,
हामी अनिकालले भोकै लडिरहदा
तिमी पाँच तारेमा तन्दुरी लडाउदै छौ रे ?
झन झन सबिधान बनाउने म्याद बढाउदै छौ रे ??
निहित स्वार्थको निम्ति निमुखाको बली चढाउदै छौ रे ???

इन्तु न चिन्तु भएर,
हामी झाडावान्ताले थालिदा
तिमी ज्वरो आए पनि सिगापुर जान्छौ रे ?
म्याद नाघेको चामल बाडी आफु वासमती खान्छौ रे ??
चुनावमा भिजेको मुसा तिमी आफुलाई राजा ठान्छौ रे ???

भयो/अति भयो
पिडाले पोलेपछि ।
भोकले डलेपछि ।।
अन्याय बढेपछि ।
न्याय लढेपछि ।।

एकदिन ………………………..
म ज्वाला,क्रान्ति र हुरी जे भएर पनि आउछु ।
म आन्दोलन,बबन्डर र परिवर्तन जस्तो रुपमा पनि आउछु ।।

पर्ख………………………….
तिम्रो हिसाब गर्न आउछु ।
हाम्रो निसाफ गर्न आउछु ।।

रचनाकाल २०६७।०४।१७ समय ८-९ बेलुकी

Leave a Reply

Your email address will not be published. Required fields are marked *