हरेक मौसम मेरा लागि श्यामश्वेत फ्रेममा
न त स्वाद बन्दछ न त रगीन नै बन्दछ ।
उस्तै बिहान र उस्तै रात्री उही उजाडपन
खाली घोच्ने तिखो सगिन बन्दछ ।।
सोच्छु जिउने अभिलाषा माथी पूर्णबिराम लगाउ
तर बाच्ने ईच्छाहरु वाधक बनिदिन्छ ।
कल्पिन्छु केही गरौ केही बनौ भन्ने भावनामा
असफलताले मेरो दामन भरिदिन्छ ।।
हरेक बिहान दु:खद समाचार नै सुरुवात हुन्छ
खुशीका पलहरु त केवल फगत बनिदिन्छ ।
हरेक अध्यारा रात्रीपछि सुनौलो प्रभातको आशमा
मृत्यु मेरा लागि मात्र लागत बनिदिन्छ ।।
जोड,घटाऊ,गुना र भागको यो जीवन
मेरा लागि शायद निरर्थक बनिदिन्छ ।
सत्यता र इमानदारितालाई आत्मासाथ गर्दा
झुठाहरु नै सवका सार्थक बनिदिन्छ ।
