Skip to content


एउटा मजदुरले
आफ्नो श्रम,सिप र जागर बेच्यो
ठेकेदारले सिमेण्ट,वालुवा,गिटी घिच्यो ।।
यसपाली बिचरा मजदुरलाई
बल्ल बल्ल दसैं आएको छ ।
ठेकेदारलाई सधैं दसैं भएको छ ।।

साहुको
तमसुकमा
ल्याप्चे हानी दुई हल गोरु
सयकडा पाँचमा सुत काटे
दिन,रात,महिना,बर्ष र जुगसम्म
उस्को घर खेत बन्धकी साहुले फिर्ता दिएन ।
बैक,सहकारी,फानाइन्समा छिर्न बिचरासँग चप्पल थिएन ।।

दुई मुठा साग,
केही भिण्डीहरुको भाग लगाइ,
ईन्द्रचोकमा बस्ने कान्छीले लोकतन्त्र चिनिन ।
एउटा फिरन्ते आइ सय रुपैयामा भाग किनिन ।।
एक रुपैयाँ मात्र,
के थाहा कान्छीलाई
उस्का पैसा हाम्रो पैसामा उन्नासय फरक ।।
उस्को लोकतन्त्र हाम्रोमा सयको फरक ।।

एउटा माग्ने
बैसाकीको साहरामा
पसल अगाडि
घण्टौ याचिका पछि
अरुले अर्तीको सहनाइ बजाउदै के के बके ।।
साहुले व्यङ्य बाण हान्दै एक रुपैया फ्याके ।

त्यतिनै बेला
केही अधबैसेले संघार टेके ।।
लेटर प्याड र रसिद अगाडि,
नारा घोकेर , झन्डा गाडे
केही निमेषमै नोटको गड्डी बोके ।।

लगतै
एक हुल टाइ सुटमा
चिल्ला सवारीमा सयर गर्दै
शरमको बैसाकी कालो सिसा लगाएर
मानवलाई उता छोडि अनुदान,दानका लिन निस्किए
काग छेउमै र’छ,यही त लोकतन्त्र भन्दै जिस्किए ।।

बसन्त कुमार श्रेष्ठ ‘क्षितिज’
धापासी-८, काठमाडौं

2 thoughts on “लोकतन्त्र”

  1. हामीकाँ’को धनी गरीब बिचको यो
    हामीकाँ’को धनी गरीब बिचको यो विसाल खाडल नपुरियुञ्जेलसम्म यस्तै हो वसन्तजी! चिन्ताको कुरा यो खाडल झनझन ठुलो र विकराल हुँदैछ दिनदिन। यथार्थपरक कविताको लागि धन्यवाद छ ।

  2. धन्यवाद हजुरलाई,पापको घडा
    धन्यवाद हजुरलाई,पापको घडा भरिए पछी अवश्य फेरी आधी आउनेछ । हजुरलाई हार्दिक धन्यवाद ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *