Skip to content

किन झुक्यो नजर भन्थे,लाजले पो रैछ ।
किन काप्यो ओठ भन्थे,मातले पो रैछ ।।

बैसाखको गुराँस झै,बैस फुल्न थाल्यो
किन बज्छ संगीत भन्थे,बातले पो रैछ ।।

नागबेली चाल गरि,हिड्छ्यौ मस्की मस्की
किन टल्किन्छ शित भन्थे,पातले पो रैछ ।।

गुलाफ झै फक्रेकी छौ,गाजलु ती आँखा
किन बल्झे छाती भन्थे,साथले पो रैछ ।।

पानी झै चन्चल बने,निहुरिए लाजले
किन धड्कियो मुटु भन्थे,हातले पो रैछ ।।

बसन्त कुमार श्रेष्ठ’क्षितिज’
मिति:०६७-०७-०८

Leave a Reply

Your email address will not be published. Required fields are marked *