विश्वासले
आँखै अगाडि आत्मदाह गरे ।
भरोसाको
छातीमा छुरा रोपे ।।
आस्थाको
बीच बजारमा लिलाम गरे ।
ईज्जतसँग
जसरी मनलाग्छ खेलबाड गरे ।।
मायालाई
जसले, जहातहीं बलत्कार गरे ।
सम्भावनालाई
जताततैबाट बाँध बनाई थुने ।।
आग्रहलाई
गलहत्याएर बारीको कान्लामुनि फ्याँके ।
विनम्रताको
गला रेटेर हत्या गरे ।।
आशालाई
टुकुचामा लगी मिल्काए ।
स्वाभिमानलाई
छिमेकीकोमा बन्धकी राखे ।।
त्यागलाई
कुटेर अपाङग पारे ।
बिकासलाई
आउनै दिएनन्, बाटैबाट तर्साउदै लखटे ।।
सहमतिको
धुजा-धुजा पारी आफ्नो घर बाले ।
सहकार्यको
बारम्बार उपहास गर्दै खिल्ली उडाइयो ।।
नेताहरूले
तीन करोड नेपाली मन रुवाएपछि
जनता/जंगल/जीवन/जगत/जननी
कोही बोलेनन्
वा
बोल्न सकेनन्
खाली आकाश बर्सिरह्यो
तप्
तप्
तप्
पीडामा सुकसुकाउँदै ।।।।।।

hajurko rachanama des pratiko
hajurko rachanama des pratiko chaso ani dherai maya jhalkiyeko 6,yestai maya neta harulai lageko vaye…tara pani hamile aafno des lai sadhai maya garnu par6.hajurko rachana yekdamai ramro ani marmik chha.