Skip to content


सबै ठाउँ न्यानो लाग्छ स्वर्गको बतास ल्यायौ ।
तिम्रो आगमनले जिउनमा आभाश ल्यायौ ।।

कति कठाग्रिए म यो शिशिरको तुषारोमा ।
तिमी आए पछि बसन्तमा गुराश ल्यायौ ।।

कठिन बन्दै थियो सबैतिर,आज खुशी छरिए ।
तिमी आउदा आउँदै यो कस्तो सुबाश ल्यायौ ।।

म क्षितिजमा नियाल्दै छु,हाम्रो भविष्यलाई ।
वर्तमान बनी मेरो जीवनमा मधुमास ल्यायौ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *