तुलसीहरि कोइराला
‘गाउँछ गीत नेपाली’लाई पन्चान्नब्बे प्रतिशतले रोज्नेछन्
उहाँको घरमा भेट्न जाँदा तल्लो तल्लाको वैठक कक्षमा प्रतीक्षारत रहँदा सबैभन्दा पहिले सीसाको फ्रेमभित्र सजिएका हिउँजस्तै सेता अर्धकदका माधव घिमिरेसँग जो कोहीको पनि पहिलो साक्षात्कार हुन्छ । कमलनेत्र छुनामुना स्कुलका हेडमास्टर डीवी लामाले आफैँले बनाएको अर्धकदका माधव घिमिरेलाई उहाँको पचासीऔँ शुभजन्मोत्सवका अवसरमा उपहारस्वरूप प्रदान गरेका रहेछन् ।
कथा शृङ्खलाको पठनीय खण्ड
नेपाली साहित्यमा सबैभन्दा बढी पढिने विधाका रूपमा आख्यान त्यसमा पनि उपन्यास र कथालाई लिइन्छ । यसो भनेर प्र्रकाशित भएका जति उपन्यास र कथाका कृतिहरू सबै नै पढिन्छन् भन्ने होइन तर पाठकीय छनोटमा पर्न सकेका कृतिहरू हातहातै बिक्ने गरेका छन् । पाठकीय मागदलाई मूल्याङ्न गररे नै प्रकाशकहरू पनि यस्ता कृतिहरूको प्रकाशनमा अग्रसर भएका देखिन्छन् ।
देवकोटाले ‘कमलमणि डजन्ट लिसन टु मी’ भनेको छोडेँ
”मान्छेको रगतमा दुई कोशिका हुन्छन्-राता र सेता । आर.बी.सी. र डब्लू.बी.सी. । मेरो रगतमा चाहिँ अर्को एउटा कोशिका पनि पसेको रहेछ-एन.बी.सी. । त्यो भनेको नेपाली भाषा कोशिका हो । आर.बी.सी.को कमी भयो भने मान्छे सुकेर मर्छ अरे । डब्लू.बी.सी.को अनुपातमा कमबेसी भयो भने मान्छे क्यान्सर भएर मर्छ भन्छन् । मलाई के लाग्छ भने मेरो रगतबाट चाहिँ त्यो एन.बी.सी. निकालिदियो भने ‘हार्ट एट्याक’ हुन्छ कि मलाई ।”
सामान्यज्ञानका धेरै प्रश्नहरुको एउटै उत्तर
न्यूजिल्यान्डका पर्वतारोही सर एडमन्ड हिलारीले तेञ्जिङ शेर्पासँग संयुक्तरूपमा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर विश्व कीर्तिमान कायम गरेकै समयमा एक जना नेपालीले पहिलोपल्ट न्यूजिल्यान्ड भूमि टेकेका मात्र होइन, हिलारीकै घरमा पुगेर कीर्तिमान कायम गरेका छन् । त्यो भाग्यमानी र साहसिक व्यक्ति को हो भन्ने धेरैलाई थाहा नहुन सक्छ तर उहाँले ‘न्यूजिल्यान्डमा पहिलो नेपाली’ भनेर वर्गसाथ किताव नै लेख्नुभएको छ ।
अन्तिम प्रार्थना
रामप्रसाद विद्यार्थी छँदा सधैँ देवीको मन्दिरमा प्रार्थना गर्ने र प्रथम बनाइदिन बरदान माग्ने । परिणाममा स्कुलदेखि क्याम्पससम्मको पढाइमा उनले कहिल्यै दोस्रो हुनु परेन ।
रामप्रसादले पढाइ सकेपछि राम्रो जागिर खान सकूँ भनी पुनः देवीको मन्दिरमा धाउन थाले । परिणाममा उनले लोकसेवा आयोगको शाखा अधिकृतको परीक्षा पास गरे र राम्रो ठाउँमा पोस्टिङ हुन पाए ।
विदेशमा नेपाली भाषा र साहित्य
नेपाली भाषा र साहित्यका क्षेत्रमा वि.सं. २०६६ चैत ५-९ मा आयोजित ‘अन्तर्राष्ट्रिय नेपाली भाषा-साहित्य सम्मेलन’ अत्यन्त महत्त्वपूर्ण र उपलब्धिमूलक सम्मेलनका रूपमा सम्पन्न भएको छ । त्रिमूर्ति निकेतनद्वारा स्थापित ‘लक्ष्मीप्रसाद देवकोटा शतवाषिर्की समारोह समिति’ले ‘महाकवि देवकोटा शताब्दी महोत्सव’ भव्यरूपमा मनाउनेक्रममा वर्षको अन्त्यतिर सम्पन्न भएको यो सम्मेलन नेपाली भाषा-साहित्यको इतिहासमा ‘कोशेढुङ्गा’को रूपमा स्थापित हुनेछ ।
सांस्कृतिक रूपान्तरणको आवश्यकता र कार्यदिशा
राजनीतिक परिवर्तनको सन्दर्भबाट हेर्दा हामीले ऐतिहासिक फड्को मारेका छौँ । राजनीतिक परिवर्तनले मात्र समाजको बनोट, सांस्कृतिक परिवर्तन र व्यावहारिक रूपान्तरण हुन सक्दैन । हाम्रो सामाजिक जनजीवन र रहनसहन परम्परागत कार्यशैलीमा आधारित भएकाले समाजलाई रूपान्तरण गर्नका लागि सांस्कृतिक रूपान्तरणको आवश्यकता भएको निचोड प्रगतिशील साहित्यकारहरूको वि.सं. २०६५ मङ्सिर २७ गते सम्पन्न कार्यक्रममा निकालिएको छ ।
नयाँ नेपाल निर्माणको नारा र धार्मिक-सांस्कृतिक परम्पराहरू
विश्वसामु हाम्रो देश नेपाल र हामी नेपाली भनेर गर्व गर्ने आधारहरूमा माटो र भूगोल मात्र नभई हाम्रा भाषा, साहित्य, कला र संस्कृतिहरू पनि उत्तिकै बलिया आधारस्तम्भका रुपमा रहेका छन् । बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक राष्ट्रका रुपमा आˆनै मौलिक पहिचानका पर्व, परम्परा र संस्कृतिहरूका विशेषताहरूले परिपूर्ण छौँ हामी । धार्मिक, सांस्कृतिक र सामाजिक सहिष्णुतामा बाँधिएको हाम्रो आˆनोपन नै हाम्रो राष्ट्रिय गौरव हो ।
महाकविको शतवाषिर्की
“शब्द चातुर्य नै साहित्य हो भन्नेलाई म ठीक जवाफ दिन सक्दिन । शैलीमा विश्वास गर्नेसँग मेरो बिन्ती यत्ति छ कि म कुनै शैलीको निमित्त लेख्दिन, लेख्दछु लेख्नुको निमित्त र आˆना बिचार, मानवहरूलाई सकभर सच्चा प्रकाश गर्नाको निमित्त । प्राकृतिक तवरले जस्तो विषयमा मन जसरी डुल्यो, जस्तो झल्काझल्की फेला पर्यो, उस्तै लेखिदिन्छु । राम्रो बनाउने सचेतभावले मनुष्यको कला विग्रन्छ । मनै तीन भाषाको छैन, तीन तोलाको अलङ्कारले के गर्नु ?”
दशैँको चिठी
विगतको सागरमा डुबुल्की मार्दा
दशैँलाई सम्झिन्छु-
‘कान्छा, तँलाई
शान्ति र सद्भावको आशर्ीवाद छ
तँलाई नवदर्ुगाले सदा कल्याण गरुन् !’
आयुदर्र््रोणसुते… का थप आशर्ीवचनहरू
तँछाड-मछाड गर्दै बर्सिन्थे मान्यजनहरूबाट
म हर्षौहर्षे पुलकित हुन्थेँ
आशर्ीवादहरूको गह्रौँ कुम्लो बोकेर
शहर पस्थेँ हरेक दशैँ निखारेर
तिनै आशर्ीवचनहरूलाई रक्षाकवच मानेर
वर्षरि आफन्तको सम्झनामा कल्पिन्थेँ
आतुर रहन्थेँ हरेकसालको अर्को दशैँ भेट्न ।
- « Previous
- 1
- 2
