नेपाली साहित्यमा सबैभन्दा बढी पढिने विधाका रूपमा आख्यान त्यसमा पनि उपन्यास र कथालाई लिइन्छ । यसो भनेर प्र्रकाशित भएका जति उपन्यास र कथाका कृतिहरू सबै नै पढिन्छन् भन्ने होइन तर पाठकीय छनोटमा पर्न सकेका कृतिहरू हातहातै बिक्ने गरेका छन् । पाठकीय मागदलाई मूल्याङ्न गररे नै प्रकाशकहरू पनि यस्ता कृतिहरूको प्रकाशनमा अग्रसर भएका देखिन्छन् । यसै सदर्मममा प्रसिध्द प्रकाशन संस्था रत्न पुस्तक भण्डारले कथा विधाको निक्कै महत्वाकाङ्क्षी योजना अघिसारेको छ र यसै योजनाका सम्पादक व्याकुल पाठकको सम्मादनमा प्रख्यात नेपाली कथाको तेस्रो खण्ड हालै प्रकाशित भएको छ । कम्तीमा पनि छैर्टौ शृङ्खलासम्मका निरन्तर प्रकाशन गर्नै लक्ष्यका साथ प्रारम्म भइको यो यात्रामा अहिलेसम्मका प्रकाशित खण्डहरूको पाठकीय रुचिलाई मूल्याङ्न गर्दै तेस्र्रो खण्ड पाठकसम्म पुगिसकेको छ र चौथो खण्डमा राखिने कथाकारहरूका कथाको चयन पनि यसै खण्डमा सावजनिक भइसकेको छ ।
प्रख्यात नेपाली कथा शृङ्खलाको यो तेस्रो खण्डमा अग्रज पुस्ताका वरिष्ठ आख्यानकार गोविन्दबहादुरमल्ल गोठालेदेखि ज्यदै पछिल्लो अर्थात् उदीयमान कथाकारसम्मका कथाहरूलाई पनि सम्पादक पाठकले समेटेका छन् यो खण्डमा समाविष्ट जम्मा बाइस कथाकारहरूमा गोविन्दबहादुर मल्ल गोठाले, मनु ब्राजाकी, ध्रुव सापकोटा, इस्माली, खगेन्द्र सङ्ग्रौला, विजय चालिसे, नारायण तिवारी, नरेन्द्रराज पौडेल, डा. विष्णु राई, चन्द्रप्रसाद भट्टराई, रमेश क्षितिज, उज्ज्वल जि.सी., कनकमणि दीक्षित, दीपक लोहनी र रमेश रञ्जन रहेका छन् । यसैगरी नारी कथाकारहरूमा-डा. बेञ्जु शर्मा, सुधा त्रिपाठी, हिरण्यकुमारी पाठक, इल्या भट्टराई, ममता शर्मा नेपाल, कमला सरूप र रूपा धीरु यो खण्डको छनोटमा परेका छन् । यस खण्डमा ८९ वर्षका गोठाले, ६९ वर्षकी हिरण्यकुमारी, ३६ वर्षका दीपक लोहनी र उमेर नखुलाइएकी कमला सरूपले आ-आफ्नो पुस्ताको प्रतिनिधित्व गरेका छन् र फरकफरक स्वादका कथा सिर्जना गरेका छन् ।
गोठालेको कथा ‘पूर्णमानको घर’ मा काठमाडौँको पुरानो अवस्था, वातावरण र बदलिँदो शहरीकरणको परिवेश, पुस्तास्तरको सोँच लगायतका यावत कुराहरू समेटिएकाले कथा लामो भएर पनि पाठकले ज्यादै रुचाइएको कथाका रूपमा यो खण्डमा एक कालखण्डकै प्रतिनिधित्व गरेको छ । गोठालेका ज्यादै चर्चित कथामध्येमा पर्ने ‘म जुजुमान’ को पृष्ठभूमिकै सेरोफेरोमा कथाकार ध्रुव सापकोटाले ‘जुजुमानको अन्तर्कथा’ लेखेका छन् । मनु ब्राजाकीको ‘धर्मनिरपेक्ष छैँया-छैँया’ ले राज्य धर्मनिरपेक्ष घोषित भएर के गर्नु ! प्रत्येक व्यक्ति र समाज धर्मै निरपेक्ष नभई यसको औचित्य छैन भन्ने यथार्थबोध गराउँछ । खगेन्द्र सङ्ग्रौलाको ‘कुराउनीको रित्तो पेरुङ्गो’ ले द्वन्द्वकालको पीडा बोलेको छ भने नारायण तिवारीको ‘एक जुगमा एकदिन’ मा गणतन्त्र स्थापनापछिको पहिलो झल्कोको परिवर्तनलाई देखाइएको छ । विजय चालिसेको कथा ‘सायद प्रेम मरेको छैन’ र रमेश क्षितिजको ‘उस्तै छु म’ले विषयवस्तुका दृष्टिले विज्ञानकथाको प्रतिनिधित्व गरेका छन् । राष्ट्रियता बोलेको इस्मालीको ‘वाशिङ्गटनका बुजु्रक’, भ्रष्टाचार विरुद्धको सुधा त्रिपाठीको ‘अख्तियारको उपहार’ डा. बेञ्जु शर्माको पार्टी र कार्यकर्ता केन्दि्रत नेता चरित्रको ‘यहाँ किन आएको ?’ लगायतका बेग्लाबेग्लै सन्दर्भ र स्वादका कथाहरूले यो खण्डलाई पठनीय बनाउन मद्दत गरेका छन् । कनकमणि दीक्षितको कथा भने अलिक भिन्न छ । यो कथाको विषय र लेखन बालकथाको हो र बालकथासङ्ग्रहमै प्रकाशित कथा हो ‘कौवा र सुन्दरी परेवी ।’ नासिदो वातावरण र सहरीकरणको नकारात्मक प्रभाव यो कथाका पात्रले बोलेका छन् । कथाकार स्वयंले आफूलाई राम्रा लागेका कथाहरू सम्पादकलाई उपलब्ध गराएकाले बाइस कथाकारकै कथाहरू पठनीय त छन् नै, यी कथाले लेखन सीप र भिन्न सन्दर्भहरूको स्वाद दिन सफल छन् ।
कथाकारको आफ्नै छनोटका कथा र सम्पादक एवं प्रकाशकको बजारोन्मुख मूल्याङ्कनको ‘प्रख्यात नेपाली कथा’ बीचको तालमेलमा समावेशीकरणको सिद्धान्तलाई पनि मिसाइएकोले कथाहरू एउटै कोटिका नहुनु स्वाभाविक नै मान्नुपर्छ । नेपाली कथा साहित्यमा द्वन्द्वकथासङ्ग्रह, यौनकथासङ्ग्रह, नारीकथासङ्ग्रह, तराई-मधेशका कथासङ्ग्रह, राजनीतिक कथासङग्रह लगायतका थुप्रै संयोजनसङ्ग्रहहरूमा ‘प्रख्यात नेपाली कथा’ ले आफ्नो छुट्टै पहिचान स्थापित गरेको छ । यसमा पहिलोका क्रिया-प्रतिक्रिया दोस्रोका क्रिया-प्रतिक्रिया तेस्रो खण्डमा राखेर सम्पादकले अमिल्दो प्रचलनलाई स्थापित गरिसकेकाले टिप्पणी गर्नुभन्दा बाहिरको भइसकेको छ यो प्रचलन । नेपाली कथा साहित्यको उत्थानमा यी शृङ्खलाले थप बल पुर्याउनेमा विश्वास गर्न सकिन्छ ।
कृति ः प्रख्यात नेपाली कथा -खण्ड(३)
सम्पादक ः व्याकुल पाठक
प्रकाशक ः रत्न पुस्तक भण्डार
प्रकाशन ः २०६७
पृष्ठ ः २६६+२४
मूल्य ः रु. २५०।-
