Skip to content


“शब्द चातुर्य नै साहित्य हो भन्नेलाई म ठीक जवाफ दिन सक्दिन । शैलीमा विश्वास गर्नेसँग मेरो बिन्ती यत्ति छ कि म कुनै शैलीको निमित्त लेख्दिन, लेख्दछु लेख्नुको निमित्त र आˆना बिचार, मानवहरूलाई सकभर सच्चा प्रकाश गर्नाको निमित्त । प्राकृतिक तवरले जस्तो विषयमा मन जसरी डुल्यो, जस्तो झल्काझल्की फेला पर्‍यो, उस्तै लेखिदिन्छु । राम्रो बनाउने सचेतभावले मनुष्यको कला विग्रन्छ । मनै तीन भाषाको छैन, तीन तोलाको अलङ्कारले के गर्नु ?”

महाकवि लक्ष्मीप्रसाद देवकोटाले आˆनो साहित्यिक लेखनका सम्बन्धमा व्यक्त गर्नुभएको उपर्युक्त विचार ‘मधुपर्क’ वर्ष ८, अङ्क ३ बाट उठान गरिएको हो । पिता तीलमाधव देवकोटा र माता राज्यलक्ष्मीदेवीबाट वि.सं. १९६६ साल कात्तिक २७ गते जन्मिएका लक्ष्मीप्रसाद देवकोटाको शतवाषिर्की मनाउने सन्दर्भमा साहित्यिकवृत्तमा चर्चा-परिचर्चाहरू चल्नथालेका छन् । वि.सं. १९९१ सालमा गोरखापत्रमा ‘पूणिर्माको जलधि’ शीर्षकमा प्रकाशित कविता नै देवकोटाको प्रथम प्रकाशित रचना मानिन्छ र यसपछि भने उनको लेखनयात्रा धाराप्रवाह छुटेको देखिन्छ । वि.ए., वि.एल. गरेर अङ्ग्रेजीमा एम.ए. को पढाई चल्दाचल्दै बुबाआमाको निधन भएकाले पढाईलाई अघि बढाउन नसकेका भए पनि साहित्यिक लेखनमा भने उनलाई उछिन्ने प्रतिभा पाउन नेपाली साहित्यले अझै कति वर्ष कुर्नुपर्ने हो भन्ने अनुमान गर्नसम्म सकिन्न । कृतिगत रूपमा हेर्दा झ्याउरे लोकलयमा रचित ‘मुनामदन’ वि.सं. २०९२ चैतमा प्रथम कृतिका रूपमा प्रकाशित भएको थियो र नेपाली साहित्यमा सबैभन्दा धेरै संस्करण र प्रतिहरू प्रकाशित हुने एकमात्र कृति यही नै भएको छ । शाकुन्तल, सुलोचना, महाराणा प्रताप, वन कुसुम, प्रमिथस जस्ता महाकाव्यहरू, भिखारी, लक्ष्मी निबन्धसङ्ग्रह, लक्ष्मी कवितासङ्ग्रह, दाडिमको रुखनेर, लूनी, म्हेन्दु, कुञ्जिनी, सावित्री सत्यवान् जस्ता दर्जनौ कृतिहरूले लक्ष्मीप्रसाद देवकोटालाई ‘महाकवि’ का रूपमा नेपाली साहित्यमा अमर बनाएका छन् । नेपाली साहित्यमा

‘उपाधि’ लिने र दिने अपसंस्कृतिको विकास निरन्तर हुँदै आएको भए पनि ‘महाकवि’ को उपाधि भने त्यस अन्तर्गत पर्दैन । हरेक नेपाली जनजिब्रोले स्वीकारेको महाकविको उपाधि नेपाली साहित्यमा दिगदिगन्तुक मेटिने छैन । देवकोटाजस्ता महान् प्रतिमाले जीवनकालमा अभावै अभाव भोग्नुपरेकाले उनका कतिपय रचनाहरू बेचिएका, चिया र चुरोटमा साटिएका, अरूकै नाममा छापिएका, अप्रकाशित रूपमा छरपष्ट रहेका जस्ता दुःखलाग्दा अभिव्यक्तिहरू पनि प्रकाशमा आउने गरेका छन् । नेपाली भाषा अनुवाद परिषद्को जागिरे, प्राध्यापक, नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानको सदस्य, वि.सं. २०१५ सालमा तीन महिने शिक्षा मन्त्रीजस्ता सम्मानित पदहरूमा पुगेका देवकोटाको अन्तर्राष्ट्रिय छवि पनि उत्तिकै चम्किलो भएका टिप्पणीहरू साहित्यिक क्षेत्रमा नमेटिनेगरि रहेका छन् । वि.सं. २००९ सालमा करफोकको नेपाली भाषा प्रचारक सङ्घले दार्जीलिङ र कालिङ्पोङमा गरेको सम्मेलन, वि.सं. २०११ मा दिल्लीमा भएको एसियाली लेखक सम्मेलन, वि.सं. २०१५ मा तासकन्दमा भएको एसियाली लेखक सम्मेलन, आदिमा महाकवि देवकोटाले व्यक्त गरेका विचारहरूले उनलाई मात्र नभएर नेपाली साहित्यलाई विश्वमा चिनाएका छन् ।

नेपाली साहित्यका अद्वितीय प्रतिभाको वि.सं. २०१६ मा भएको असामयिक निधनले पुगेको अपुरणीय क्षति त आˆनो ठाउँमा छँदैछ तर उनले दिएको योगदानले नेपाली साहित्य कृतकृत्य छ । यस्ता महान प्रतिभाको सम्मान र स्मरणमा राज्यले नै अग्रसर भएर कार्यक्रमहरू गर्नुपर्छ भन्ने आवाज साहित्यिकवृत्तमा उठिरहेको छ भने अर्कोतर्फ प्रज्ञाप्रतिष्ठानहरू गठन हुन सकिरहेका छैनन्, शतवाषिर्की समारोह मनाउनका लागि समिति बनेको छ, वास्तवमा महाकविको सम्मानमा के कसरी अग्रसर हुन सकिन्छ र उनको मूल्याङ्कन कुन रूपमा गर्न सकिन्छ त भन्ने सम्बन्धमा नेपाली साहित्य र राजनीतिका क्षेत्रमा पनि हस्ती ठहरिएका मोहन वैद्य ‘चैतन्य’, महाकवि देवकोटा शतवाषिर्की समारोह समितिका अध्यक्ष मोदनाथ प्रश्रति र नरहरि आचार्यसँग लिइएका विचाहरू यहाँ प्रस्तुत छन्ः

” नेपाली साहित्यमा महाकवि लक्ष्मीप्रसाद देवकोटालाई तपाईंले कसरी हुर्नुभएको छ ?

थ्मोहन वैद्य ‘चैतन्य’- देवकोटाका साहित्यिक विकासका धेरै चरणहरू छन् । सुरुको चरणमा केही सामन्तवादी, केही निस्त्रिmय रोमान्सवादी प्रवृत्तिहरू देखापरेका थिए । पछि क्रान्तिकारी र मानवतावादी रोमान्सवादी, आलोचनात्मक र समाजोन्मुख प्रवृत्तिहरू देखापरे । माओत्सेतुङको बारेमा लेखिएको कविता, तासकन्दमा भएको एसियाली लेखक सम्मेलनमा दिइएको क्रान्तिकारी भाषण लगायतका कुराहरूबाट उनलाई गर्नुपर्ने सम्मानमा कसैले पनि हिचकिचाउनुपर्ने अवस्था छैन । उनी साहित्यिक क्षेत्रका महान् हस्ती हुन् ।

थ्मोदनाथ प्रश्रति- मैले देवकोटाको समयको बारेमा भन्नै पर्दैन । आˆनो समयको प्रतिभाशाली, परिवर्तित सयमलाई चिनेको, पूर्वीय जीवन पद्धतिमा हुर्किएको भए पनि विश्वपरिवेश बुझेका स्रष्टा थिए । रुस, चीन लगायतका मुलुकको भ्रमणबाट समाजवादप्रति उनको झुकाव बढेको थियो । विश्वमा नेपाली साहित्यलाई चिनाउन उनी लागिपरेका थिए । आˆनो समयको एकदमै सशक्त र प्रतिभाशाली साहित्यकारका रूपमा उनलाई नेपाली साहित्यमा चिरकालपर्यन्त सम्भिmनेछ ।

थ्नरहरि आचार्य- मूलरूपमा महाकवि लक्ष्मीप्रसाद देवकोटालाई सम्झनाका लागि उनको विशिष्ट प्रतिभा नै आधारस्तम्भ हो । नेपाली साहित्यले उनलाई प्रतिभाशाली कविको रूपमा हेरेको छ । उनका प्रायः सबै रचनाहरू पढेको पाठकका रूपमा भन्नुपर्दा नेपाली साहित्यमा उनी ‘प्रतिभा विष्फोट’ हुन् । विधागत विविधता, आˆनोपन र स्वरूपबाट माथि उठेको, शैलीगत र विधागत चिन्तन भएको व्यक्तित्व हुन् देवकोटा । विशेषखालको क्षमतावान् साहित्यकार र अतुलनीय व्यक्तित्व मान्नुपर्छ उनलाई ।

” नेपाली साहित्यमा उनले पुर्‍याएको योगदान अनुसारको मूल्याङ्कन हुन सकेको छ कि छैन ?

थ्मोहन वैद्य ‘चैतन्य’- देवकोटाको मूल्याङ्कन गर्ने सम्बन्धमा समालोचनाको क्षेत्रमा विवाद छ र खोज-अनुसन्धानहरू भइरहेको छ । उनलाई रोमान्सवादी, मानवतावादी भन्नेहरू एकातिर छन् भने पहिलेका कृतिहरू महान् र पछिल्ला कृतिहरू कमजोर मान्नेहरू पनि छन् । तर पनि उनलाई सकारात्मक रूपमै हेर्नुपर्छ र कमी-कमजोरीहरू भए पनि जनवादी कविकै रूपमा लिनुपर्छ । सकारात्मक पक्षले समग्रमा उछिनेर राष्ट्रिय स्वाधिनताको पक्षमा उभिएको महान् प्रतिभा भएकाले नेपाली साहित्य र राज्यपक्षले पनि उनको मूल्याङ्कन र सम्मान गर्न पछि हट्नु हुँदैन ।

थ्मोदनाथ प्रश्रति- मूल्याङ्कनका सम्बन्धमा भन्नुपर्दा उनका बारेमा धेरैले धेरै दृष्टिकोणबाट लेखेका छन्, विद्यावारिधिहरू गरेका छन् तर जनताका तर्फबाट र सरकारका तर्फबाट हुनुपर्ने मूल्याङ्कन भएको छैन । वि.सं. २०१४/०१५ तिर चीन, रुसलगायतका देशहरू घुमेपछि समाजवादमा ढल्किएकोले अन्तर्राष्ट्रिय स्तरमै ख्याति कमाएको साहित्यकारलाई तत्कालीन सरकारले बेवास्ता गरेको थियो । नेपाली साहित्यलाई विश्व परिवेशमा पुर्‍याउने देवकोटा जत्तिको पूर्वीय र पाश्चात्य साहित्य बुझेको अर्को साहित्यकार छैन । यसकारण पनि उनको उच्च मूल्याङ्कन हुनुपर्छ ।

थ्नरहरि आचार्य- मूल्याङ्कन भन्ने कुरा योगदानको हिसाबमा भन्दा पनि समाजको ढाँचा अनुसार गरिने हुन्छ । उनको नाममा न सङ्ग्रहालय छ, न सिङ्गो ग्रन्थावली नै छ, सबै कृति छरपष्ट छन् । विद्यालय, विश्वविद्यालयहरूमा रचनाहरू पढाई हुन्छन् तर त्यो नपढाई नहुने बाध्यता भएर हो, प्रयत्न र खुसीले होइन । उनको घर लथालिङ्ग अवस्थामा छ, संरक्षणमा छैन । यतातर्फ ध्यान नपुगी के राम्रो मूल्याङ्कन भएको छ भन्ने र Û

” महाकवि देवकोटा लगायतका उच्च साहित्यिक व्यक्तित्वहरूका सालिक-प्रतिमाहरू तोडफोड हुनुले नयाँ नेपालको निर्माणमा कत्तिको प्रभाव पार्ने देख्नुहुन्छ ?

थ्मोहन वैद्य ‘चैतन्य’- सालिक-प्रतिमा तोड्ने कुरालाई सबैलाई एकै ठाउँमा राखेर हेर्न मिल्दैन । देवकोटा सालिक तोडिनुपर्ने प्रकृतिका होइनन् । अरूको कुरा बेग्लै हो तर देवकोटा सालिक राख्नैपर्ने प्रतिभा हुन् । तोडिनु गलत हो, देशभक्त र जनवादी व्यक्तिको सालिक रहनुपर्छ । राष्ट्रिय व्यक्तित्वका सालिकहरू सार्वजनिक स्थलहरूमा राखिँदा राष्ट्रको गौरव बढ्दछ ।

थ्मोदनाथ प्रश्रति- सालिकहरू इतिहासका प्रतिक हुन् । तिनले सम्झनालाई ताजा गराउँदछन् । सालिक जसका भए पनि तिनले इतिहास बोकेका हुन्छन् । सम्मान गर्न लायकलाई राख्नुपर्छ । सम्मान गर्न लायक छैनन् भने सङ्ग्रहालयमा राख्नुपर्छ । चरम् अपसंस्कृतिको नमुना हो तोडफोड । उद्दण्डताले देशलाई अग्रगामी बाटोमा हिँडाउन सक्दैन । समाजका लागि योगदान पुर्‍याएकालाई समाजले पनि सम्मान दिनुपर्छ ।

थ्नरहरि आचार्य- मुलुक सङ्क्रमणकालमा भएको अवस्थामा द्विविधा र अनिश्चयको प्रतिफल पनि हो तोडफोड । राम्रो होइन, आगामी दिनमा यसमा परिवर्तन अवश्य आउँछ । समग्रमा चाहिँ एउटा स्रष्टा आˆना रचनामा कालजयी हुन्छ, सालिक र प्रतिमामा होइन । यस्ता घटनाले सालिकवालालाई नभएर राज्य र समाजलाई घाटा हुन्छ । समाज चेतनशील हुनुपर्छ, कालजयी रचना दिने स्रष्टा सधैँ पूज्य हुनुपर्छ ।

” महाकविको शतवाषिर्की कसरी मनाइयोस् भन्ने ठान्नुहुन्छ ?

थ्मोहन वैद्य ‘चैतन्य’- महाकवि देवकोटाको शतवाषिर्की मनाउँदा देश र जनताका लागि उनले दिएको योगदान अनुसार मनाइनुपर्छ । सरकारले पनि आर्थिक सहयोग घोषणा गरेको छ । सङ्घ-संस्थाहरू धेरै छन्, देवकोटाको योगदानलाई उजागर गर्न सहयोग पुर्‍याउने संस्थाहरूलाई सहयोग गर्नुपर्छ । वास्तविकरूपमा सकारात्मक कार्यक्रमहरू गरेर जनसमक्ष प्रभावकारी भूमिका देखाउन सक्ने संस्थाहरू अग्रसर हुनुपर्छ । शतवाषिर्कीमा उनलाई हरेक कोणबाट समाजले सम्भिmन सक्ने गरी कार्यक्रमहरू गरिनुपर्छ ।

थ्मोदनाथ प्रश्रति- देवकोटाका सम्बन्धमा सरकारी पक्षबाट अहिलेसम्म चासो राखिएको थिएन । उनीजस्तो प्रतिभाको शतवाषिर्की मनाउन सबैपक्ष जुट्नुपर्छ । सबैलाई समेटेर समिति बनाइनुपर्छ । देवकोटामाथि खोज, अनुसन्धान गर्नेलाई सम्मान गर्ने, मुनामदनमाथि लेखिएका जे जति सामग्रीहरू छन् सबैलाई सङ्गृहीत गर्ने, देवकोटामाथि लेखिएका एक दर्जनजति राम्रा कृतिहरू प्रकािशत गर्ने, उनका अप्रकाशित कृतिहरू प्रकाशित गर्ने लगायतका कार्यक्रमहरू देवकोटा शतावाषिर्की समारोह समितिले कार्य तालिका बनाएको छ । यसभन्दा बाहेक अन्य सङ्घ-संस्थाहरूले आ-आˆनो तरिकाले गर्लान् तर सरकारले पनि उनको नामलाई अमर बनाउन अन्य केही कामहरू गर्दा त्यो राम्रो हुन्छ ।

थ्नरहरि आचार्य- विशिष्ट प्रतिभाको शतवाषिर्की मनाउनु भनेको ज्यादै महìवको कुरा हो । सरकारले राज्यस्तरमा कमिटी बनाएरै काम गर्नुपर्छ । पैसा दिएर मात्र हुँदैन । देवकोटाका नाममा विश्वविद्यालयको नामाकरण, हुलाक टिकट, राजमार्गको नामाकरण, पुरस्कारको घोषणा लगायतका केके कामहरू गर्न सकिन्छन्, तीती कामहरू गर्नुपर्छ । उनी नेपाली साहित्यका सिङ्गो युगप्रवर्तक हुन् । सबैले आ-आˆनो तवरबाट शतवाषिर्की मनाउनुपर्छ ।

नेपाली साहित्यमा लक्ष्मीप्रसाद देवकोटाको जोडा साहित्यकार नभएकै कारण उनी जनस्तरबाटै ‘महाकवि’को उपाधिले सम्मानित भएका हुन् । बेलाबखत उच्च पदीय जिम्मेवारीमा पुगेका भए पनि जीवनभर अभावै अभावमा बाँचेका महाकविको उपचारमा पनि यथेष्ट ध्यान नपुगेको, स्वास्थ्योपचारका लागि आˆनै पहलमा रुसको मस्को गएर फर्किंदा बिना अनुमति गएको भनेर प्रज्ञाप्रतिष्ठानको सदस्यको रूपमा पाउने तलव पनि रोकिदिएको घटनाले तत्कालीन पदासीनहरू कतिसम्म कृतघ्न थिए भन्ने देखाउँछ ।

कविशिरोमणि लेखनाथ पौड्यालले लक्ष्मीप्रसादका बारेमा भनेका छन्- “यत्रो महान् विभूति कहिलेकाहीँ आउँछ, कहाँ हत्तपत्त पाउने हो ? पाँच सय वर्षमा पनि कुन्नि पाउने छौँ कि छैनौँ । त्यस्तो महान् भैकन त्यस्तो सरल, आˆनै कवितात्मक स्थितिमा पुगेका बेला केके खोजेर ल्याउँथ्यो केके उनको मस्तिष्कले Û कल्पनै गर्न नसकिने ।” त्यसैगरी बालकृष्ण समले देवकोटा तीनचोटि जन्मेको दावी गर्दै भनेका छन्- एकचोटि मुनामदनमा, अर्कोचोटि शाकुन्तलमा र अर्कोचोटि ‘पागल’ कवितामा ।”

देवकोटाका सम्बन्धमा आ-आˆनो विचार र धारणा बनाउनेहरू धेरै छन्, त्यसैले पनि उनी महान् हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *