Skip to content

ईतिहास रटाउनु छ


विदेशमा काम गर्छु घरमा पैसा पठाउनु छ
विपतको आलो घाउ मलम दली घटाउनु छ

स्वर्ग जस्तो सुन्दर घर भताभुङ्ग भएपछि
एकै पालमा संयौ जना मिलिजुली अटाउनु छ

ढलेकै त्यो धरहराको गजल किन लेख्यो भन्लान
बिर्सिन्छन कि सन्ततिलाई ईतिहास रटाउनु छ

देश दुख्दा फुट्ने होइन जुट्ने हो नि कुट्टो बोकी
भत्केका ती ढुङ्गा ईटा निर्माणलाई हटाउनु छ

बाढी पहिरो हुरी बतास दैविक प्रकोप सबै खपी
आज भन्दै भोलि भन्दै जीवन यहाँ कटाउनु छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *