भोकै तिर्खै कति बसेँ पिरतीमा उनको लागि
ब्यर्थै त्याग गरिएछ नपाउने जूनको लागि
आँखा जुँध्दा पिरतीको खेती भयो नयनमा
नभित्र्याउँदै बग्यो बाली सेती भयो नयनमा
कोही लडे सुनको लागि कोही लडे नूनको लागि
म चाहिं लडेँ माया भन्दै नपाउने जूनको लागि
मनकै कुरा लेखेको हुँ औंला चिरी रगतले
म रुँदा पो सोधी गर्छन के भो भनी जगतले
केही उतर छैन आज हिजोका ती खुनको लागि
ब्यर्थै त्याग गरिएछ नपाउने जूनको लागि
