Skip to content


धागो काती तान हाली, उने राम्रो हुन्छ
आफ्नै हातले राडी पाखी, बुने राम्रो हुन्छ !

हिजोसम्म ढाँटे, छले, देशै पछि ठेले
आज अब असल नेता, चुने राम्रो हुन्छ !

आज देला पराइले भोलि होला नांगो
लाज ढाक्न खाडी खाकी, तुने राम्रो हुन्छ !

दोष छोडी भाइचारा, जोड्ने प्रण गर्दै
स्वाभिमानी बन्ने कुरा, गर्नु राम्रो हुन्छ !

गीत संगीत धेरै थरी हुँदा हुँदै पनि
आफ्नै देशको राष्ट्रगान, सुने राम्रो हुन्छ !

बुद्धि मोक्तान
चागे ३, ताप्लेजुङ्ग

Leave a Reply

Your email address will not be published. Required fields are marked *