Skip to content


सतायौ मलाई फकाई फकाई
फसायौ मलाई फकाई फकाई

नशामा जवानी नपारी हिंडेथ्येँ
मतायौ मलाई फकाई फकाई

नसुन्नू निको थ्यो रगतको कहानी
बतायौ मलाई फकाई फकाई

म माटो र माया दुवै चिन्न खोज्थेँ
धपायौ मलाई फकाई फकाई

न आगो थियो याँ नदेखेँ कुनै राप
ततायौ मलाई फकाई फकाई

बुद्धि मोक्तान

Leave a Reply

Your email address will not be published. Required fields are marked *