सपनी मै देउसी भैलो बोलेँ जस्तो लाग्यो
बास्ना छैन तैपनि सेल पोलेँ जस्तो लाग्यो
मादलुको घिन्ताङसँगै छिंग छिंग पनि थियो
घुँगरुको होइन थैली, खोलेँ जस्तो लाग्यो ।
तिहारमा चेली भेट्छु भन्ने स्वप्ना टुट्दा
आफै मर्न ताजा विष घोलेँ जस्तो लाग्यो ।
आँधी हुरी छाल बीच डुङ्गा लिई निस्केँ
बेहोशी भै ठुलो जोखिम मोलेँ जस्तो लाग्यो ।
उता हुँदा रंङ्गीन तिहार यता फुस्रो निधार
आफ्नै जीवन थाङ्ने माग्ने झोले जस्तो लाग्यो ।
बुद्धि मोक्तान
चागे -३,ताप्लेजुंग
हाल : म्यारील्याण्ड, अमेरिका
