Skip to content


कहाँ लुकिन मेरी माया कुहिरोले छेक्ने गरी
खोजी गर्दा आसु झर्‍यो दुनियाँले देख्ने गरी

सँगै यात्रा गर्ने थियो सम्झौता चै हामी बीच
एक्लै लडेँ सडक माझ वटुवाले टेक्ने गरी

सगर जस्तै डड्यो छाती बिछोडमा चोटको बेला
नूनचुक छर्‍यो पिरतीले आलो घाउ सेक्ने गरी

म त थाकी लडेँ मरेँ अरु पनि थाक्लान पक्कै
आऊ तिमी मलामी भै मेरो लास खेप्ने गरी

याद आए पुगी हेर्नु हामी भेट्ने चौतारीमा
छोडेको छु शीला-ढुंगा मेरै नाम लेख्ने गरी

बुद्धि मोक्तान

Leave a Reply

Your email address will not be published. Required fields are marked *