Skip to content

रोल्पा रोयो रुकुम रोयो


रोल्पा रोयो रुकुम रोयो रोयो दुनै माडी खारा
रसिदै थे किन सुके संबिधानका सबै धारा

प्रगतिले फड्को मारी चन्द्र छोइ हाँस्ने बेला
आँसु भित्रै पौडिदैछन हुम्ला जुम्ला सोलु बारा

न्याय कानुन सुख शान्ति दिने बाचा खेर जादा
बाचा गर्ने ढुक्कै हिड्छ लाज मान्छन ध्रुब तारा

भोली जगत भन्छ भनी उस्ले रगत दिए पनि
उस्तै समाज हुनु रैछ ब्यर्थै मरे मेरा प्यारा

कुसन्तानका हातमा परि मातृभूमी बेचे भने
अस्तित्व म खोजि आउला,बताई देउ है रुपा रारा

बुद्धि मोक्तान
चाँगे -३,ताप्लेजुङ
(म्यारील्याण्ड )

4 thoughts on “रोल्पा रोयो रुकुम रोयो”

  1. उस्तै समाज हुनु रैछ ब्यर्थै
    उस्तै समाज हुनु रैछ ब्यर्थै मरे मेरा प्यारा –मन छोयो ।

  2. धन्यबाद
    हौसला र प्रेरणा दिनु भएकोमा ,सबै पाठक मानुभावहरुमा हार्दिक धन्यबाद

  3. धन्यबाद यहाहरु सबैमा !
    धन्यबाद यहाहरु सबैमा !

Leave a Reply

Your email address will not be published. Required fields are marked *