१)
ब्राजिलमा खेल हुन्छ नेपालमा कराउने
खेल हेर्नेकै खेल हो हजुर ठाउमै पैसा हराउने
सुकी नहुने नै बाजी राख्छन हिजो आज
मैले थैली खोल्दा किन ? दुनियाँ नै डराउने
२)
धर्ती उही टेके पनि किता फरक भयो हाम्रो
संगै जल्न मरेका थ्यौ चिता फरक भयो हाम्रो
चाहना थ्यो मरे पछी पनि फोटोसँगै नै होस्
श्रद्धान्जली अर्पने त्यो भिता फरक भयो हाम्रो
३)
बिजुली नजादै साइवरमा आऊ
लगाइ फरिया फाइवरमा आऊ
छोटो छ समय कुरा छ धेरै
स्क्यापमा अथबा भाईवरमा आऊ
४)
म चै लड्छु छुरीसँग कहिले आँधी हुरीसँग
तिमी लड्छौ खाऊ भन्दै जाबो पानीपुरीसँग
जती दियो त्यती लिन्छौ भो कैल्यै भन्दैनौ त
कस्तो प्रगाढ नाता तिम्रो सुनको औठी चुरीसँग ?
५)
बोर्डिङ पढुँ चर्को छ शिक्षा
सरकारी पढुँ अर्को छ शिक्षा
यो कस्तो खाडल् खनियो ज्ञानको
एकै यो देशमा फड्को छ शिक्षा ।
६)
तिमी सग आज मेरो कस्तो दिनमा जुरान भयो
बोल्दै जादा सुख दुख जिन्दगीकै पुराण भयो
साथ मागे मैले तिम्रो, भाग्य हेर्न हेर्यौ हात
दर्सा थिए लेखान्तको गीता हो कि कुरान भयो ?
७)
देश त्यसै कहा बन्यो दाहालले हो सपारेको
क्रान्ति रची रगतको अहालले हो सपारेको
जस लिन खोज्दा रैछन ठिनामिना पाजी नेता
भोका जनता सडक उत्री कंगालले हो सपारेको ।
८)
स्वामी भनि पूज्न पाए, पति भनी झुक्न पाए
कस्तो हुन्थ्यो मेरो जीवन त्यो मन्दिरमा लुक्न पाए
तन मन चिसो गरी बसुँ कती मन्दिर वारी
पूजा गर्ने भित्रै पस्थेँ चिसो वर्दी सुक्न पाए ।
९)
रक्त क्रान्ति प्रति क्रान्ति जन क्रान्ति कस्तो गर्ने ?
छ कि अझै अरु पनि भन क्रान्ति कस्तो गर्ने ?
सर्वहारा सिढीँ चढ्यो जोड्नु जोड्यो घर महल
सक्यो अब उस्को भाषण, धन क्रान्ति कस्तो गर्ने ??
१०)
भुलेर फेरी सम्झिएँ भन्छौ संम्झिदा आँसु बर्सियो होला
बिर्सनु तिम्रो के गल्ती भनुँ संम्झिदा यो मन तर्सियो होला
बिलाई गए खहरे जस्तै, मायालु मेरो जिन्दगी भरी
भुल्नेले फेरी सम्झिएँ भन्छ, के उस्को ‘बुद्धि’ फर्कियो होला ?
