Skip to content

देउता आफै बोल्ने मन्दिर


देउता आफै बोल्ने मन्दिर भेटिएन आजसम्म
ढुङ्गा पूज्ने इच्छा फेरि, मेटिएन आजसम्म

घामको झुल्कोभन्दा पैले म नै पुग्छु अन्तु डाँडा
तर किन ? प्रीतको आँगन, टेकिएन आजसम्म

केले छोप्यो मनको मुना बिछोडियो शीतसँग
क्षितिज खुल्दा देख्नु थियो, देखिएन आजसम्म

भोट जादाको जस्तै कथा धेरै खपेँ सीमापारि
मेरो चाहि मुना-मदन, लेखिएन आजसम्म

एक्लो यात्री के बाँच्नु र भन्थे यहाँ भन्नेले त
जीवन बुझी आफ्नै घाँटी, रेटिएन आजसम्म

रचना-बुद्धि मोक्तान
संगीत – बालन्द राई
एरेज्जर -सचिन सिह
स्वर – स्वरुपराज आचार्य
काठमाण्डौ

Leave a Reply

Your email address will not be published. Required fields are marked *