Skip to content

बस्दा सम्झे पुग्छ


साँझ पख कोइली बास बस्दा संम्झे पुग्छ
चैत्र मास पिपल पात खस्दा संम्झे पुग्छ

सधैं सधै भन्दिन म एकै पल छ बिन्ती
पराइको सिन्दुर तिमीले घस्दा संम्झे पुग्छ

फूल दिदा मात्र हात छुन्छु भन्ने छैन
सार्हो गार्हो या त जालमा फस्दा संम्झे पुग्छ

प्रीत मागी भिखारी भै कठाङग्रिन सक्छु
पुसको चिसो त्यो सिरेटो पस्दा संम्झे पुग्छ

नआउनु मलामी भै नचढाउनु फूल
मेरो लास बाँस माथी कस्दा संम्झे पुग्छ

बुद्धि मोक्तान
चागे -३,ताप्लेजुंग
(म्यारील्याण्ड )

Leave a Reply

Your email address will not be published. Required fields are marked *