Skip to content


फेरि कहिल्यै नमुस्कुराउने सर्तमा
चुडिन तयार छन हजारौ सयपत्री
समयसँगै
भाइटीकाको नाउँमा ……

दिदी !
तिहार आयो
अनि भाइ खोज्यौ होइन ?
अनि निम्तो बाड्यौ होइन ?
दुई चुल्ठी बाटेर
दसैंको नयाँ नानामा
तिमी फुत्रुक्क फुत्रुक्क खेल्दै
जुरेली कान्छीको नामले
संम्बोधित हुँदा
मलाई आमाले जन्माई
सयपत्री थूँगामा लुकाई
वहाँ विलय हुनु भएको हो
अनि त हो नि
सुरु भएको
हाम्रा त्रिपक्ष बिछोडका अन्वेषणहरू ।

आज सयपत्री देख्दा मख्ख पर्छौ
भाइ खोज्दै निम्तो बाड्छौ
मखमली देख्दा हर्षिन्छौ
दिदी !
सयपत्रीको सुगन्ध- उसको अस्तित्व हो
मखमलीको सौन्दर्यता -उसको पहिचाहन हो
अर्काको अस्तित्व,पहिचाहन र सुन्दरता नस्ट गरी
सिंङ्गारिएको मालाले
मान्छे सिंङ्गारिन सक्छ र …?
आफ्नै अस्तित्व,पहिचान र सुन्दरताले
सझिनु पर्छ मान्छे
यद्धपी तिहार हो
माइतीको अभाव खड्ने
सयपत्री थूँगाका केस्रा छुट्ट्याउ
आमाले छोड्नुभएको त्यही हो ..

म त उही न हुँ
ढुङगाको प्रहार खप्न तयारी ओखर
चुडिन तयार मखमली
उजाडिन ठीक्क गमला
शीशिरमा झरेको पात
अँझ भनौ,यो तिहारमा
टिपिनु,चुडिनु वा लुछिनु ठीक्क
एक थूँगा सयपत्री!
हो,
फेरि कहिल्यै नमुस्कुराउने सर्तमा
फेरि कहिल्यै नफक्रिने सर्तमा
म टिपिन्छु,चुडिन्छु,लुछिन्छु
अभावै अभावले!
मेरो अन्तेष्ठी प्रस्ट छ
फूलले पनि टिपिनु पूर्व
अस्तित्वको लागि प्रयास गर्ला
टिप्ने,चुड्ने र लुछ्नेप्रति बिरोध गर्ला
आन्दोलित होला
अन्तत !
टिप्ने नै छन,चुड्ने नै छन लुछ्ने नै छन
थाहा छ दिदी !
म चुडिएको दिन,
मेरो अस्तित्वको अन्तिमदिन
फूलले जस्तै टिपिए पछि
निर्दयी दुस्मनलाई सुवास दियोस,
सुम्सुम्याओस,चुमोस भनेर न हो
आमाले थूँगामा लुकाउनु भएको
माइतीको अभाव खड्के
सयपत्री थूँगाका केस्रा छुट्ट्याउ
आमाले छोड्नुभएको त्यही हो ..।

बुद्धि मोक्तान
चाँगे-३,ताप्लेजुङ
(म्यारील्याण्ड,अमेरिका )

Leave a Reply

Your email address will not be published. Required fields are marked *