Skip to content

योद्धाका नयाँ वर्षहरू!


समय त्यही हुरी न हो,
आउछ जान्छ….
बिना योजना
बिना तर्जुमा
बिना तथ्याङ्क
बिना नाप नक्शा
पाइलाहरू,
नयाँ वर्षको सङघारमा
उन्मुख्त छन,
हुन सक्छ,
यो नयाँ वर्षका कुनै
दिन अतिबादको मार हान्नु पर्छ,
हानौला!
यो नयाँ सालको कुनै
दिन बिस्तारबादको टाउको निमोठ्नु पर्छ,
निमोठौला !
नयाँ सालको कुनै दिन
चेतनाको सङ्गिन उठाउनु पर्छ,
उठाउला !
मार हानेको भोलि पल्ट
टाउको निमोठेको भोलिपल्ट
सङ्गिन उठेको भोलि पल्ट
त्यो बस्तीमा
त्यो छाप्रामा
त्यो टोलमा
त्यो क्षेत्रमा
त्यो राष्ट्रमा
बिस्तारै बिस्तारै बिहानी किरणहरू
बिस्तारै बिस्तारै उषाका मुनाहरू
बिस्तारै बिस्तारै हर्षका मुस्कानहरू
अन्तुको डाँडालाई छिचोल्दै
कञ्चनघगाको शीरबाट चियाउने छ
खुशीका चादनीहरू धर्तीमा पोखिनेछन
त्यो लक्षको गन्तव्य पूर्ण नभएसम्म
ती बस्ती र ती छाप्राहरूमा
मान्छे हुनु र बाच्नुको परिभाषा बोध नगराएसम्म
योद्धाको नयाँ वर्ष टाढै रहनेछ
के हो नयाँ साल ?
के को नयाँ वर्ष?
के को शुभकामना !!

पराईको भूमिमा भट्टी बिस्फोट भएको देख्ने
आफ्नो भूमिमा मट्टी बिस्फोट भएको नदेख्ने
पराईको भट्टीको किरण फैलाउने
जनताको हड्डी दबाउने
अनि
अबोध गरिबीको आङमा लठ्ठी बर्साउने
छर्ला र गट्टीले मान्छे तर्साउने
हो यस्ता यस्तै दिनहरूमा
हो यस्ता यस्तै बिहानहरूमा
नयाँ वर्षमनाउदै गर्नेहरू!
नयाँ सालको स्वागत गर्दै गर्नेहरू!
शुभकामनाले अङ्कमाल गर्दै गर्नेहरू !
“लेट्स चेस !”
एक बोलत रंङ्गिन बियर
‘योद्धाको’ दाँया हल्केला चिरेर
एक गिलास रसिलो अङ्गुरको झोल
‘योद्धाको’ औंला चिरेर !
केवल त्यो प्रतिबादको लागि
चेतनाको सङ्गिनले
मट्टी बिस्फोटको प्रतिरक्षाको लागि
हड्डी बिस्फोटकोसुरक्षाको लागि……

पराईको आकाशमा हराएको जहाज
समुद्रमा खोजी गरेको समाचार
कान थापेर सुन्ने,
आफ्नै गुर्यानकी साँहिली र माहिली हराउदा
कानमा तेल हाल्ने
ए!कप्टी !!……
लिवाङ रोल्पा रुकुम र खारा रुवाएर
संम्विधानको धारा हाँस्दैन,,
संम्विधानको भाग अनुसुची धारा र उपधारा रुवाएर
कैलाली,परासी बाजुरा र बारा हाँस्दैन
कृतिम संम्झौतामा हारेको युद्ध जितेको संम्झौता गर्ने
हारेको युद्धमा जीतको अवीर घस्ने
हारेको युद्धमा जीतको फूलमाला पहिरिनाले
प्राकृतिक रारा हाँस्दैन,
रारा त धर्ती त हो जति बलात्कार गरे पनि सहिरहन्छिन
रारा रुवाएर,साहदत प्यारा ती शहीद तारा हाँस्दैन
हो यती नै बेला
हो यही पल
नयाँ वर्षमा मनाउदै गर्नेहरू
“लेटस चेस !!
एक बोतल रंङ्गिन बिएर
योद्धाका रगत र पसिनाले
निथुक्क भिजेका मैलो गाम्चा निचोरेर ..
एक गिलास रसिलो अंगुरको झोल
एक प्लेट सितन
योद्धाका आलो रगत र फाल्साहरूको
अर्धतरल थलथलेहरू..

स्वीकार,
योद्धाका चिरिएकाऔंला र हल्केलाहरू
रगतको मसीले कोरिएका इतीहासहरू
अनि लेख
नयाँ वर्षका शुभकामनाहरू !!
नयाँ सालको शुभकामनाहरू !!

बुद्धि मोक्तान
काठमाण्डौ

Leave a Reply

Your email address will not be published. Required fields are marked *