Skip to content

नेपाली साहित्याकाशमा अमर विभूति आदिकवि भानुभक्त आचार्य माध्यमिककालीन कवि हुन् । नेपाली राष्ट्रिय वाङ्मयकै परिवेशमा भानुभक्त एक सहजकवि हुन् । उनले अनेकन रचनाहरूको सिर्जना गरेर मातृभाषाको गहन र दायित्वपूर्ण सेवा प्रदान गरे । सिङ्गो भाषिक, सामाजिक र सांस्कृति एकीकरणको रूपमा नेपाली समाजलाई एउटै मालामा उन्ने कार्यमा भानुभक्तले समर्पण गरेको योगदान चीर उल्लेखनीय रहेको छ ।

भानुभक्त साहित्यिक हुन्, साहित्य कला हो, कलाले रूपहीन वस्तुलाई अर्थपूर्ण रूप-स्वरूप दिएर प्रेरणा र आनन्दको स्रोतमा परिणत गर्दछ । तत्कालीन साघुरो परिवेशमा भानुभक्तले साहित्यिक माध्यमको रूपमा नेपाली भाषामा लेख्नु र त्यसलाई चयन गर्नु इच्छाशक्तिको उपज हो । कुनै व्यक्तिको जीवनमा विश्वास र आशङ्का जस्तै कुनै देशको साहित्यमा परम्परा र प्रयोगको घनिष्ट सम्बन्ध रहन्छ । विश्वका अरू साहित्यमा जस्तै नेपाली साहित्यमा यस्तो कुनै उल्लेखनीय कृति पाइदैन् जसमा प्रयोग मात्र छ, परम्परा छैन अथवा जसमा प्रयोग छैन परम्परा मात्र छ । भानुभक्त, मोतीराम, लेखनाथ र माधवप्रसाद लगायत आदि कविहरू कविहरूका कवितालाई परम्परात्मक मान्ने हाम्रो अहिलेको चलन छ, संस्कृत भाषालाई मात्र कविताको उचित माध्यम सम्झने साहित्यिक परम्परा भएको त्यो युगमा भानुभक्तले नेपाली भाषालाई सफलतापूर्वक कविताको माध्यम बनाउनु कम जोखिम, क्रान्तिकारी र सानो उदाहरण थिएन । हिजोको सफल र यथार्थ प्रयोग आज परम्परा बन्दछ । त्यसैले परम्परा र प्रयोगको समन्वय र सन्तुलनबाट नेपाली कविता उत्पन्न भएको छ । कवि भानुभक्त पनि यसका अपवाद हैन । भानुभक्तीय चर्चाको प्रसङ्गमा एउटा महत्वपूर्ण पक्ष के हो भने सम, सिद्धिचरणको उदय पश्चात् नेपाली साहित्यमा भानुभक्तीय योगदानको विवेचनामा आधुनिक दृष्टिकोणले प्रवेश गर्‍यो ।

चुदीरम्घा तनहुमा सम्बत १८७१ असार २९ गते जन्मेको कवि भानुभक्त लोकमा प्रख्यात् हुनपुगे । नेपाली भाषा र साहित्यका प्रथम कवि भानुभक्तका बारेमा मातृभूमिमा जे जति सोधखोज, अध्ययन र अनुसन्धान गरिनुपर्ने थियो त्यति भइरहेको छैन । सरस, सरल र मधुमय नेपाली काव्यवाणीले चिरकार देखि नैअल्पावित बनेर यस भूखण्डकै सभ्यता र संस्कृतिको सर्जन र सिञ्चन गने उद्गमस्थलका शिखरपुरुष भानुभक्तबारे प्रसङ्ग उठाउदा नेपाली मुलका प्रवासवासीहरूले सहजै रूपमा उनको सम्मान गरेका छन् । नेपाली भाषा र साहित्यको विकासमा योगदान गरेर होस्, चाहे भानुभक्तको नाउमा पुरस्कार र प्रतिमा निर्माण गरेरहोस् जन्मजयन्तीको अवसरमा प्रान्तीय सार्वजनिक विदा दिएर होस् वा नेपाली भाषालाई भारतीय संविधानमा मान्यता प्रदान गरेरहोस्,भानुप्रति सम्मान अर्पण गरेका छन् । भानुभक्त नेपाली भाषा र साहित्यका आदिकवि हुन् । संस्कृत साहित्यमा आदिकवि वाल्मीकिको जुन स्थान छ, हिन्दी साहित्यमा सन्त तुलसीदासको जो गौरवमयगाथा भए जस्तै नेपाली साहित्यमा भानुभक्तको त्यही स्थान छ । त्यसैले भानुभक्त नेपालीहरू निमित्त जायीयताका प्रतीक पनि हुन् । इतिहासकार सूर्यविक्रम ज्ञवालीको शब्दमा भन्नुपर्दा भानुभक्त नेपालका कवि नभएर युरोप वा अमेरिकामा जन्मेका भए आज उनको जीवनसम्बन्धी ग्रन्थका समालोचना आलोचनाका सामग्रीहरूले एउटा सानोतिनो पुस्तकालय नै भरिदो हो भन्ने विचार यसक्षण मार्मिक लाग्छ नै ।

नेपाली साहित्यमा भानुभक्त र नेपाली भाषा एक अर्काका पर्यायवाची शब्द हुन् । भानुभक्तले नेपाली भाषामा अध्यात्मक रामायणको मौलिक अनुवाद पश्चात् यस क्षेत्रमा नया क्रान्तिको प्रारम्भ मात्र भएन परन्तु राष्ट्रिय एकताको समेत खाका निर्माण भयो । नेपाली भाषा र नेपाली जातित्वको फैलावटसागै विसतार भए पनि भानुभक्तको योगदानलाई राष्ट्रले खासै कदर गर्न सकेको छैन । नेपाली भाषा र साहित्यका मूर्धन्य व्यक्ति व्यक्तित्व भानुभक्तको जीवनी र कृतित्वमा आधारित ऐतिहासिक नेपाली कथानक चलचित्र आदिकवि भानुभक्तको निर्माण कार्यले पनि सम्मान गर्न नसके पनि चलचित्र निर्माणले भानुको सिर्जनात्मक र रचनात्मक पक्षमा भने नैतिक बल पुर्‍याएको छ । भानुभक्तले नेपाली जातीय चेतनाका रूपमा रामायण, भानुमाला, वधुशिक्षा र प्रश्नोत्तरी जस्ता काव्यकृतिले नया स्पन्दनको सञ्चार गरेको छ । पृथ्वीनारायण शाहले राजनीतिक रूपले एकीकरण गरी विस्तार गरेको आधुनिक नेपालीलाई जातीय एवं सास्कृतिक रूपमा सङ्गठन गर्ने कार्य भानुभक्तको रामायणले गरेको छ । भानुभक्तले नेपालको राजनीतिक सिमाभन्दा पर नेपालीहरू रहेका स्थानहरूमा पनि नेपाली जातित्वको प्रतीक बनेर चिनाउन उल्लेखनीय भूमिका खेलेका छन् । सबै नेपालीलाई एक सूत्रमा बाधेर नेपाल र नेपालीको परिचयमा भानुभक्तले गरेको प्रयास उल्लेखनीय छ ।

भानुभक्तले तत्कालीन समाजको परिस्थितिलाई राम्रोसाग बुझेका हुनाले ज्ञान, बुद्धि र विवेकको प्रयोग गर्न उनी सफल थिए । कसलाई कुनबेला कहा के गर्नुपर्छ भन्नेबारे आˆनै जीवनकालमा प्रयोगयुक्त घटनावलीहरूबाट पनि प्रष्ट हुन्छ । त्यसैले मानिसलार्य असल र खराब, राम्रो र नराम्रो भनेर छुट्याउने वा परिभाषित गर्ने तत्व गुण र दोष हुन । गुणैगुण र दोषैदोष मात्र भएको मानिस यो सांसारिक जगतमा भेटिदैन भने खराब प्रवृत्तिलाई गुणलाई ओझेलमा पार्ने हुदा मानिसको मूल्याङ्कन पनि यही आधारमा गरिन्छ । भानुभक्तमा राष्ट्रिय योगदानको गुणविद्यमान थियो । उनको योगदानलाई समयासापेक्ष भएर मूल्याङ्कन गरिनुपर्दछ भने नेपाल र नेपालीको अस्तित्व रहेसम्म भाषा र साहित्यमा भानुभक्तीय योगदानको अमरगाथा पनि जीवन्त रहिरहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *