एल एन सुवेदी ‘हस्ती’

मलाई मेरै घर आँगन प्यारो छ

फराकिलो र चौडा,मुरीका मुरी घाम सुकाउन पुग्ने,
मेरो आँगनमा प्रेत्यक दिन…
चराहरू आएर घाम ताप्छन्,भंगेराहरू आएर
नाच्छन् र रमाउँदै उडछन् ।
बार्दलीहरुबाट चराहरुले चिर्बिराएको मेरो आँगनको धून मन पर्छ
मेरो ईलामको संगीत मन पर्छ, र मेरो देशको अविछिन्न गीत मन पर्छ ।
मलाई आँगनमा ढकमक्क फूलहरू फूलेको मनपर्छ,
तुलसी झुलेको मन पर्छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मृत्यु

मेरो सानैदेखिको सपना अमेरिका थिएन । यूरोपका कुनै चामत्कारिक विकाश भएका देशको कल्पना पनि थिएन । त्यहीँ पर्तिर सीमाना जोडिएको छिमेकी देश भारत पनि थिएन । आफ्नो जिल्ला छोडेर अर्को जिल्ला वा क्षेत्रमा गएर बस्ने चाहना पनि थिएन । गाउँकै माटो सुँघियो, लडीबडी गरियो, गाउँबेशीका गीतले बाल्यकालका दिनहरू बिते । जननीले यहीं खसालिन् । अरु पनि यहीं खसे । यहीं मरे । म पनि त्यही त हो भन्ने लाग्थ्यो । अँझ मलाई त के पनि लाग्थ्यो भने मेरा सारा परिवार आफन्तहरूसँग वरिपरि बसौं, मीठो मसिनो जो मिल्छ त्यही खाउँ । कसैको मृत्यु नहोस्, कसैलाई दु:खान्त कहानीको सामना गर्नु नपरोस् । होइन ! परमेश्वरको विधान नै मान्ने हो भने पनि मेरा अग्रज जहाँ जान्छन्, म पनि त्यहीँ जाउँ, उनीहरू जो बाटोमा हिंडे मेरो बाटो त्यही होस् । असल र परोपकारी काम मात्र गरौँ । तर त्यसो नहुने रहेछ । म बालक हुँदा डाँडाका घाम भएकाहरू एक पछि अर्को हुदैं गए । जो जवानी थिए तिनीहरू बूढाबूढी हुदैं गए र धमाधम मानो चामल बिसाउन लागे । समय चक्र र जीवन चक्र एकै जस्तो हो रहेछ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

भूतप्रेतसँगका जम्काभेटहरू

मैले कलिलै उमेरमा गाउँ घरमा गरिने व्यवहारिक कामहरू खेतीपाती, वस्तुभाउ र घरभित्र गर्नु पर्ने कामहरू सिकें । घरमा बिहान बेलुका गाईवस्तुको गोबर भकारा गर्नुपर्थ्यो । त्यसपछि घाँसका भारी बिसाएर मात्र स्कूल जान पाइन्थ्यो । खेतीपातीका बेला स्कूल बिदा बसेर काम गर्नुथियो । नियमित स्कूल जान नपाएपछि पढाइ राम्रो हुने त कुरै भएन । स्कूलको पढाइलाई छाँयामा पारेर केही राजनीतिक गर्ने व्यक्तिहरूको संगतमा परें । उनीहरू कमुनिस्ट भन्थे । राति राति हाम्रो घरमा आउँथे । मलाई तिनीहरूले चम्किलो रातो तारा भन्ने किताब दिए । नोरोदोम सिंहानुकको बारेमा पनि ताता-तुतु गरें । ती पढेपछि मेरो कलिलो मस्तिकमा कम्युनिस्ट शिक्षाले अर्कै प्रभाव पार्यो । कम्युनिस्टहरू धर्ममा विश्वास गर्दैनन्, उनीहरूको शब्दकोषमा भूतप्रेत भन्ने हुदैन भन्थे ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

ऊ घर फर्किएन

  • by

प्रेमचन्दलाई आर्थिक विषमता र पारिवारिक जिम्मेवारीको कारणले गर्दा जुँगाको रेखी नबस्दै गाउँ छोडेर हिड्नुपर्यो । पढाइलाई वीचैमा पूर्ण विराम लगायो । एक कोरी बर्षै नपुगी बिचरा कहाँ हो कहाँ हानियो । जानु कहाँ नै थियो र ? पढाइ राम्रो र आर्थिक सम्पन्नता भएको भए यूरोप, अमेरिका, जापान, सिंगापुर । त्यसो नभए त आफ्नै इमान र इज्जतलाई धितो राखेर आत्मा रुवाउँदै जाने पानी पँधेरो जस्तै ठाउँ त्यही अरब त हो नि !

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अनुत्तरित प्रश्नहरू

  • by

सुस्त मनस्थिति भएको बीरुको छोरो कान्छाले आँगन सँगैको खोल्मामा बाँधेको लैनो गाईलाई तीन-चार सिर्कना लगाएर कराउँदै भन्यो, “लु मर ! अहिले गोबर सोहोरेर सफा गरेको होइन, फेरि हगिस् ?”

गाईले दाम्लो छिनाएर भागौंला झैं गरेर यता र उता गर्यो ।

बीरुले कान्छालाई सम्झाउदै भन्यो, “अबुई कान्छा ! गाईलाई त्यसरी कुट्नु हुन्न नि ! फेरि दूध दिदैन, अनि के खानु हामीले ?”

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मूर्ख बाँदर (लघु-कथा)

  • by

कुनै एउटा सम्बृद्ध राज्यमा शान्त र भलाद्मी किसिमका राजा राज गर्थे । जनताहरू प्राय: सबै सुखी नै थिए । जनतालाई कुनै किसिमको दु:ख नहोस् भनेर राजा सधै चिन्तित हुन्थे ।

राज दरबारमा धेरै नोकर चाकरहरू थिए । तर राजाको हेरचाह गर्ने नजिकको विस्वास पात्र एउटा अति नै सोझो र ईमान्दार बाँदर थियो । ऊ हमेशा राजाको देखभालमा तल्लिन हुन्थ्यो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नाता-सम्बन्ध

बसन्त ऋतुले अन्तिम बाटो तताउन लाग्यो । बर्षा लाग्ने संकेतहरू जताततै देखिन थालेका छन् । बनजंगल, रुख बिरुवाका मुना र पालुवाले पृथ्वी हरियो रेशम साडी लगाएर अन्माउन लागेकी दुलही जस्तै सिंगारिएको देखिन्छ । सर्पले फेरेको काँचुलीहरू कता कति भेटिन थालेको छ । गाई बस्तुले आंग फेरिसके । चौर, खेतबारी, खोलानालाका किनारहरू हरिया घाँसले ढाकिन लागेका छन् । पानीका मुहानहरू अलि अलि रसाउन लागिसके । चराचुरुंगीहरू पखेटा फिंजाएर भुररर्रर्रर्रर्र उडेर फेरि रुखमा आएर बस्छन् । बर्षा ऋतु लाग्नु अगाडि फूल्ने फूलहरूमा भमराले पालैपालो शेचन गरिरहेका छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

युद्धको निचोड (लघुकथा)

  • by

बाटुलेचौर गाविसका जनताहरू हरेक कुरामा अगाडि थिए । शिक्षा, स्वास्थ्य, राजनीतिक, नैतिक कुराले मात्र होइन आर्थिक रुपमा पनि धेरै अगाडि थिए । हरेक समस्याको समाधान र उचित निर्णय उनीहरू आफैं मिलेर निकाल्ने गर्दथे । बाह्र बर्षे जनयुद्धको प्रचुर प्रभाव उनीहरूको गाउँमा पनि पर्यो । युद्धले नराम्रोसँग सबैतिर क्षति पुर्यायो । “रात बिती, बात बिती” भन्ने कुरालाई मध्य नजर गरेर अबको दिनमा कसरी अगाडि बढ्ने भनेर गाउँमा भेला बोलाइयो । सबै तह र ताप्काका मानिसहरूको उपस्थिति भयो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पुस्तान्तर

  • by

छोरो रेमण्डले भर्खरै भकुण्डो हानेर ठहरै पारेका तीनवटा कुखुराका चल्ला र मृत्युको छेउमा पुगेर छट्पटिएको पोथीलाई हेर्दै निरानन्दले भने, “के जमाना आयो ! बरु कुलंगार सन्तान हुनुभन्दा त नभएकै जाति ।”

आज बिहानैदेखि पाँचहजार रुपैया चाहियो भन्दै निकै संग्राम मच्चायो । पाँच सय निकाल्ने हुती छैन कहाँबाट पाँच हजार ल्याउँने भनेर उसकी आमाले भनेकी थिई । झण्डै आमा चाहिंलाई नै हात मिस्यो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

राजा ज्ञानेन्द्रसँगको भेट

  • by

मैले ज्ञानेन्द्र शाह राजा हुँदा दुई पटक भेट्ने मौका पाएँ । एक पटक बेलायतबाट आफ्नो उपचार गरी नेपाल फर्कने क्रममा दुबईमा ट्रान्जिट हुदै आएका थिए । दुबईको डेरा स्थित इन्टर कन्टिनेन्टलको होटलको सातौँ तलामा बसेका रहेछन् । नेपाली समाज यूएईका तात्कालिक सभापति चन्द्रप्रसाद सापकोटाले एउटा बिन्ती-पत्र राजाको हातमा चढाएर नेपालीहरूको समस्याको बारेमा जानकारी गराउने भन्दै बिन्ती-पत्र तयार गर्न भन्नुभयो । मैले कागजमा जानी नजानी खेश्रा तयार गरें । वीच वीच प्रसंग मिलाउँदै सरकार ! सरकार ! भन्ने शब्द पनि हालें ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

हजुरआमा र वरको रुख

वर्षौंदेखि मेरा आँखा त्यही बूढो बरको रुखमा परिरहन्थे । बिहान, बेलुकी, दिउँसो राति सधैभरि त्यही कहाली लाग्दो बूढो रुख । चारैतिर हाँगाहरू छरिएर विशाल भू-भागमा फैलिएको त्यो रुख मैले जान्ने हुँदै पनि त्यस्तै थियो । मेरा दाजुहरूले जान्दा पनि त्यस्तै थियो रे । मेरा पिताजीले आमालाई विवाह गरी ल्याउँदा पनि त्यो त्यस्तै थियो रे । मेरी हजुरआमाले कहाँबाट हो कुन्नि ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

संजिवनी बुटी

  • by

छोरोको पढाइको नतिजा हेर्दै प्रोफेसर मरहठाले विचार गरे । “आफूले अंग्रेजी साहित्य पढियो । मेरा किताबहरू पनि स्नातक र स्नातकोत्तर तहमा पढाई हुन्छन् । छोरोलाई पनि अंग्रेजी विषयको भाषा विज्ञानमा विद्यावारिधि गराएर राम्रा किताब लेख्न लगाउँछु । मैले आफैं गाईड गरे भनें कसो नकोर्ला त केटाले ?”

छोरोले स्नातक तह पहिलो वर्षदेखि नै यता उता गर्न थाल्यो । घरमा ढिलो आउने, एकोहोरिने, तुरुन्तै रिसाउने जस्ता लक्षण देखिन थाले पछि प्रोफेसरकी श्रीमती चिन्तामा डुबिन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

दशैंको पीडा

  • by

धर्मानन्दको घरको बत्ती निभेको पनि दुई बर्ष नाघिसकेछ । घाउ निको भएको छैन, समय निकै अगाडि कुदिसक्यो । कान्छो छोरो मरेको छ महिना नपुग्दै स्वास्नीले देहत्याग गरी । हल कनाहा हुँदा पनि जसो तसो काम चल्छ, तर जोडी छुट्टिएर एक्लै हुँदा भने जिन्दगी सकस हुने रहेछ ।

आज दशैंको टीकाको दिन ! धर्मानन्द बिहानै उठ्यो, वस्तु भकारा सक्यो । घर लिपपोत गर्यो, सूची भयो र नुहायो । छोरीहरूलाई सिकुवा आँगन सफा गर्न लगायो । खानाका केही परिकारहरू बनायो । आफूले टीका लगाउन नपाए पनि छोरीहरूलाई त समयमा नै लगाई दिनु पर्यो भनेर सबै सरजाम ठीक पार्यो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

फाटेको गोजी (लघु कथा)

  • by

दशैं खर्च सहित तीन महिनाको तलब बुझ्दा बाटुले प्रसाद निकै दंग पर्यो । घरका सारा अभाव यस पटक टर्ने भए भन्दै हाकिमसँग आशिर्बाद लिएर बिदा हुन हाकिमको कोठामा पस्यो ।

हाकिमले सोध्यो, “तलब बुझ्यौ त बाटुलेप्रसाद ?”

“बुझें सर !” बाटुले मुस्कायो । “सर ! अष्टमीको दिन मेरो घरमा ज्यूनारको लागि पाऊ कष्ट गरी दिए मेरो घर पवित्र हुने थियो ।”

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कोशी टप्पुको अर्ना भैंसी (लघु-कथा)

  • by

हप्तौंदेखिको लगातार बर्षाले उर्लिएर आएको हेर्दै लाल सागर जस्तो देखिने कोशी नदी पार गरी एका बिहानै एउटा भिमकाय जंगली अर्ना भैंसी घनाबस्ती वीचको खेतमा धान माड्दै यता उता गरेको देखियो । गाउलेहरु कराउँन थाले, “लौ पारी जंगलबाट बडेमाको अर्ना आएर धान बाली नस्ट गर्न थाल्यो । यसलाई धपाउनु पर्छ । उनीहरुले बलियो यमानको देखिने जंगली अर्ना भाले हो कि पोथी हो भनेर छुट्याउन सकी रहेका थिएनन् । एक्लै दोक्लै नजीक जाँन कसैको आँट आउँदैनथ्यो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

घाँस खाने (लघु-कथा)

  • by

मानिसहरूले आफ्ना भनाइलाई रोचक बनाउन वा आफूले बोल्दा कुनै कुरा भुलियो अथवा सम्झिन समय लाग्ने भयो भने अनेक किसिमका थेगोहरू प्रयोग गर्छन् । कसैले “के भने देखिन्” भन्छन्, कसैले “हेरी यहाँ देखि” भन्छन्, कसैले “के भन्छन् त्यसलाई” भन्छन्, कसैले ‘चाहिने जो” भन्छन् । खोमदत्त बाजेले पनि बोल्दा प्राय: “घाँस खाने” भन्ने थेगो प्रयोग गर्थे । उनी त्यस इलाकाको नाम चलेको पुरेत हुन् । उनले न्वारन गरेका शिशुहरू जिल्लाका नेता, अभिनेता, कलाकार, शिक्षक, के भएका छैनन र ? भन्न त आफूलाई ब्यासमा बसेर पुराण भन्ने पण्डित नै हुँ भन्न खोज्छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

शहिदको सपना

उनलाई मानिसहरूले शुरुमा पण्डित मोतीखर भनेर चिन्थे । पण्डित्याइँ काम खासै गरेनन् । पूर्खाले कमाएको नै अथाह सम्पति थियो । पहाडमा आँखाले भ्याएसम्म जग्गा जमिन थियो । मधेशमा पनि एउटा मौजा नै समालेर बसेका थिए । उनी पंचायत कालको गाससदेखि लिएर लोकतन्त्रको मन्त्रीसम्म भए । मन सेतो भएको हुनाले मोतिखरको कपडामा कहिल्यै कालो दाग लागेन । बरु उनले अरुलाई दिएर खाए अरुको लिएर खाएनन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सम्बन्ध बिच्छेद (लघु कथा)

गल्लि छेउको पुरानो घरको भित्तामा अढेस लागेर खुकुरी छापको सिगरेटको लामो सर्को तान्दै धुवाँ माथि हावातिर उढाएर रुद्रमणिले श्रीमतीसँग सम्बध बिच्छेद भएको बारेमा गहिरिएर ध्यान दिदै सोच्यो । होइन हौ ! के कारणले त्यस्ती धिप धिप बल्ने अँगाला भरिकी स्वास्नीले छोडेर गई ? दु:ख सुख खान लगाउन दिएकै थिएँ । हरेक कुरामा उसैलाई निर्णय गर्न छोडेको थिएँ । आफू हल्लुड घोटिए जस्तै काम गरे उसलाई केही लगाइन । किन त्यसले त्यसरी छोडेर गई ? मान्छे खराब चरित्रकी पनि थिइन । हो महत्वाकांक्ष बढी थियो । त्यसैले त होइन ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पर्खाई

करिब दश वर्ष पहिले देखेकी त्यही केरलाइट महिलालाई मैले फेरि त्यसै साँगुरो गल्लीबाट तीन चार वर्षको छोरो डोर्याउदै अगाडि बढेको देखें । उसमा खासै फरक नदेखिए पनि अलि उमेर त गएको हो कि जस्तो छ । शरीर पनि निकै झोलिएछ । यू ए ईको दुबई स्थित देरा भन्ने ठाउँको ठूलो मस्जिद नजिकै तिनीहरू बस्छन् । मैले उसलाई एउटा साँझमा सिल्कको साडीमा सजिएर गएको बेला देखें र आजसम्म पनि उसैलाई दिनको एक पटक हेर्न त्यो गल्लीमा चिया पिउने बहानामा बस्ने गरेको छु ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
LNSubediHasti-03

लोकतन्त्रको परिभाषा

विहानको सूर्योदयसँगै राम भुजु, बगरे बजारको एउटा कुनाको सानो चिया पसलको पलङ्गमा बसेर खलियाँ कुर्मीको शरीरको आगाडिको आकर्षक भागतिर दृष्टीगोचर गर्दै त्यसैको मजामा चियाको चुस्की र बिँडीको सर्को तान्ने तरखरमा थियो । खलियाँ त्यस्तै ३५/३६ की हुँदी हो । सानो चिया दोकानबाट घर गुजारा गर्नु पर्ने । यसो निहुरिएर चनाको तरकारीमा हाल्नको लागि जीरा र खुसार्नी पिँधिरहेकी छे । यसै बेला उसका अलि अलि फाट्न लागेका कपडाबाट आधा जति बाहिर चियाउन लागेका लाजतिर हेर्दै रामभुजु निकै रातो पिरो भई सकेको छ । यत्तिकैमा “चिया खाइसक्यौ, राम भुजु ?” भन्ने शतिबार रावतको आवाज सुनेर रामभुजु झसङ्ग हुन्छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •