मलाई मेरै घर आँगन प्यारो छ


फराकिलो र चौडा,मुरीका मुरी घाम सुकाउन पुग्ने,
मेरो आँगनमा प्रेत्यक दिन…
चराहरू आएर घाम ताप्छन्,भंगेराहरू आएर
नाच्छन् र रमाउँदै उडछन् ।
बार्दलीहरुबाट चराहरुले चिर्बिराएको मेरो आँगनको धून मन पर्छ
मेरो ईलामको संगीत मन पर्छ, र मेरो देशको अविछिन्न गीत मन पर्छ ।
मलाई आँगनमा ढकमक्क फूलहरू फूलेको मनपर्छ,
तुलसी झुलेको मन पर्छ ।
आँगनमा रमाउँदै एक बथान संगीनीहरू नाचेको मनपर्छ,
मलाई मेरो देशको सगरमाथाले सेतो हिउँको टोपी लगाएको मन पर्छ
हेर्दा आँखा नै नअघाउने रेशमी सारीले बेरिएको तराई मन पर्छ ।
मलाई सबै जाति,भाषा,धर्म र संस्कृति मन पर्छ ।
मलाई मेरो देश असाध्यै मन पर्छ
म आफैले आफैँ मन पर्छ
मेरो आफ्नै मन …मन पर्छ !!

एल एन सुवेदी “हस्ती”
सिकागो, यू एस ए

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *