Skip to content

ऐनामा चस्मा


आँखाको पनि रिदम हुन्छ
चस्मामा कति विश्वास छ,

ऐनामा सबै कुराहरू देखिँदैनन्
कमसेकम
तिम्रो ढाड देखिँदैन
पिठिउँ देखिँदैन
मेरूदण्ड देखिँदैन
कुर्कुच्चाहरू देखिँदैनन्,

तिमीलाई चिनाउने आधारस्तम्भहरू
पछाडि छन्
तिम्रो अग्रभाग
सबै कुरा होइन,

हुबहु तिम्रो चेतनचोला चिनाउने ऐना
स्वय म आँखा हो
आँखाको लय हो
आँखाकै मण्डलामा
नृत्यमग्न छन्द हो
ढोलक बज्ने ती पलकमा,
रिदमजस्तो सुनिन्छ
ऐनासत्य त्यही देखिन्छ,
थाहा छैन
तिम्रो चस्मा कस्तो छ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *