Skip to content


तिमी मुसलमान
म सर्वमान
ऊ हिन्दू
यो बुद्धिष्ट,
त्यो क्रिस्तान
अर्को कोही शिख बहाई,

एउटा चराले हेर्दा
केही देख्दैन
यी सबैलाई,

उसले आफ्नो दृष्टिमा
यी मान्छे वस्त्रहरू
जे जेख्छ
आफूभन्दा ठूलो चरा देख्छ
नउड्ने चरा,

निःसन्देश उसले देख्दैन
कुनै धर्म–वस्त्र,
फगत् चराको धर्म
चरा हुनु हो
र अर्को चरालाई
चराजस्तै देख्नु हो
क्रमशः
आफूभन्दा भिन्न वस्तुलाई
अनौठो चरा देख्नु हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *