ड्यासमा एउटा असांस्कृतिक पर्वको रिहर्सल भइरहेको छ। तयारी उत्सवमय छैन। कसैको विशिष्ट प्रवेश र कसैको ससम्मान बहिर्गमनलाई समारोह बनाउन सकिन्छ। यो त्यही समारोह हो, जहाँ न्यूनतम आवश्यकताका पात्रसंख्यामा यस्तै केही भइरहेको छ।

सहभागितामा केही आकृतिहरू देखिएका छन्। र, ती आकृतिहरूमा एउटा प्रमुख अध्येता छ। एउटा प्रमुख पात्र छ। एउटा लेखक छ। र, मौन पनि छ। अध्येता तपाईं हो। लेखक म हो। प्रमुख पात्र…अँ… कुन्नि !

अहिले भन्न सक्तिनँ। र, मौन… ! उसलाई महसुस गर्न सकिन्छ।

समयलाई दिउँ। ऊ केही बोलोस्। कतिपय मौनहरू समयभन्दा फस्र्याइला हुन्छन्। रसिला हुन्छन्। मौनको मूक्वाणी सायद तपाईंलाई मन पर्छ।

उसका सन्दर्भमा अलिकति ‘आउटलाइन’ दिन सक्छु। उसको घर छैन। थर छैन। नागरकिता छैन। देश छैन। जाति र धर्म छैन।

यसो भनेर शरणार्थी र रिफ्युजी होइन ऊ।

घर, थर, नागरकिता, जात, धर्म र देशसित गाँसिदा केही भएन। यीदेखि अतिरत्ति तुल्याइएको छ, उसलाई। अब अतिरत्ति हुँदा केही अर्थ लाग्छ कि ! सायद यही निष्कर्षमा पुगेर ऊ सबैबाट सबै कुराहरूदेखि अलग्गिएको हुनुपर्छ।

यो मेरो अनुमान हो, ठहर होइन।

ऊ विशिष्ट पात्र हो कि होइन। केही भन्नु छैन। मेरो घोषणाले हुने होइन। उसका स्वभावहरू प्रभावशाली छन्। उसका वाणी र प्रस्तुतिहरू अर्थपूर्ण लाग्छन्। ऊ तपाईंको टोलमा, मेरो टोलमा र यो देशजस्तो देशमा, आइपुग्दा ऊसित विशेष पोसाक थियो।

जातको, धर्मको, वर्णको, नागरकिता र राष्ट्रको परिचयमा देखिएको उसलाई, फरक ठाउँका विभेद र सीमाक्षेत्रहरूले प्रताडित तुल्याएको अनुभूति छ। यी सीमांकित परिचयका ब्यानर-नाराहरूले उसलाई आत्मीयता सञ्चार गर्न सकेनन्। यी जात, धर्म, भूगोल र भाषिक शब्दावलीहरूले उसलाई तीप्रति अनुराग सिर्जना गर्न सकेनन्।

सधैँ अन्योल र फजुलको वस्त्र परधिानमा रहँदा ‘टीडीएस’ र ‘मोनोटोनस’ हुनु स्वाभाविक थियो। उसले त्यसैले केही यस्ता कठिन औपचारकिताहरूलाई अन्यत्र विघटन गराएर एउटा मानव आकृतिको रक्षा गर्न यी सबै गर्नुपरेको थियो।

उसले उचित/अनुचित के गर्‍यो, त्यसतर्फ नजाउँ। उसको संवेदनशीलता र स्वाधीनताको विषय हो यो। तपाईं एउटा अध्येता, म एउटा लेखक। यत्तिलाई नै जोगाए पुग्छ।

यी बहस-टीका टिप्पणीका विषय होइनन्।

तपाईं यसबेला जहाँसुकै संवेदनाका प्रसंगमा जानूस्। कवितामा देश खोजिरहेका हुन्छन् कविहरू। द्वन्द्व र युद्धक्षेत्रमा फर्कनूस्। सन्त्रासमा देश खोजिरहेका भेटिन्छन् ती लडाकूहरू। धार्मिक वा जातीय दंगामा पुग्नूस्। धर्म र सम्प्रदायलाई नै देश बनाउन खोजिरहेका हुन्छन् कठमूल्लाह पण्डित-पुरोहितहरू। गोष्ठी, सेमिनार, वर्कसप, यी क्षेत्रहरू कविता, मानवता र धर्मान्धता खोज्ने स्थल भएका छन्।

त्यहाँ देश छ कि छैन, थाहा छैन तिनलाई।

चेत होस्, सबैलाई।

राजनीतिका वस्त्रधारीहरूचाहिँ यीमाथि गिर खेल्ने कुटिल चेष्टामा हुन्छन्।

यी परिप्रेक्ष्यमा मृगतृष्णा बोकेर हिँड्नेहरूलाई केही भन्नु छैन। आफैँदेखि भागेर आफैँलाई खोज्नेहरूप्रति के भन्न सकिन्छ र ! कविता हुँदाहुँदै कवितालाई पन्छाएर कविताको कीर्तिमानी अतिरञ्जनामा लागेकाहरू छन् ती। पाश्र्वपृष्ठभूमिमा।

यी सबै अर्थहरू, अर्थको भेषमा रहेनन्।

ती अर्थहरू जसलाई जीवनको सफलतम् रहस्य र उपलब्धिका मापदण्डमा लिँदै आएको छ समाजले। मूल्यको उत्खनन उपयोगिताविहीनताबाट गरिएन। निष्काम अनुरागको खोजी गर्नेहरूलाई, यी कुराले कति पीडा हुन्छ। सबै ठाउँ सबै कुराहरूलाई, मूल्य-सीमा र उपयोगिताले परख गर्ने/गराउने यी आँखा र यी दृष्टिकोणहरूप्रति पनि प्रश्नचिह्न लगाउन सकिन्न र ! एउटा मानिस मानिसभित्रै अटाउन चाहन्छ। अर्को मानिस-मानिसदेखि बाहिर जान चाहन्छ। बस्, यति नै एउटा अन्तराल छ, यहाँ।

यो अन्तराललाई कहिल्यै बुझ्ने धृष्टता गरिएन।

तपाईं एउटा अध्येताको उपस्थिति नभई मेरो लेखकीयको कुनै काम छैन। मेरो मनन नै तपाईं हो, मात्र तपाईं। त्यसपछि मौन र अघि इंगित गरिएको प्रमुख पात्रले मात्र यो समारोह पूर्ण हुन्छ, नत्र हुँदैन। फेरि औचित्य, उपयोगिता र मूल्यको कुरा आउला। केही बेर यिनलाई थाती राखेर विषयवस्तुमाथि आइपुग्न परस्परका अन्तरमुखी संवाद जारी गर्नैपर्ने रहेछ।

अघि बढ्ने उपक्रम हुन् यी।

सधैँ निरन्तर रहने यो क्रम जीवन हो। गति हो।

गतिका विरुद्ध समय जान सक्तैन।

यो जीवनको रूप विराट छ, कौतूहलमय छ। जगत्को स्वरूपजस्तै अकल्पनीय प्रकारले व्यापक छ। हामी अवलोकन गर्छौं, कहिले यान्त्रिकताले, कहिले चिन्तनको सूक्ष्मदृष्टिले। सूक्ष्मताको यो प्रविधि, एक विशद् विश्लेषण मात्र हो। सम्भाव्यताको खोजीतर्फ रत्तिभर आकलन हो। विश्लेषण र आकलनको मार्ग कति वैज्ञानिक छ, विश्वसनीय छ। तीसम्म जाउँ। किनभने, त्यो सूक्ष्मतामा, त्यो यान्त्रिकतामा केवल एउटा मनुष्य, उसको आकृति, भूगोल, जात-संस्कृति, नागरकिता र राष्ट्र केही अटाउन सकिएन। ऊ त्यसैले, तीदेखि बाहिर जान चाहन्छ।

यसरी मानिसले मुक्ति खोज्ने कुरा, उसले आफ्नो दायित्वबाट पन्छिन खोजेको अर्थ नलागोस्।

प्रमुख पात्रलाई अझै पाश्र्वमा थन्काइएको छ। ऊ आफैँ बाहिर आउन चाहँदैन। चिनिन/चिनाउन चाहँदैन। लेखकले चाहेर पनि उसको स्वाधीनता प्रकट हुन सक्तैन। यसले एउटा रहस्य कायम गर्नैपर्छ। गरेको छ। प्रमुख स्थान ओगट्ने कारण यत्ति नै हो। भ्रान्ति र मिथ्याको घेरामा छैन, यो। शक्ति/महाशक्तिहरूले थालेको निषेधको सिद्धान्तमा राख्न सक्तैनन् उसलाई।

उसको ‘कन्भिक्सन’ र ‘डिटरमिनेसन’लाई चलाउने दुस्साहस नगरोस् कसैले।

लेखक, अध्येता वा मौनभन्दा पृथक्को धरातलमा आसिन हुँदै आएको यसको साररूप अहिलेलाई जडवत् छ। उसको जडमा पुग्ने प्रविधि र उपकरणहरू कसैसित छैनन्। विज्ञानले धेरै उपलब्धि पूरा गरसिकेँ भन्छ। विज्ञान ‘टच’मै छैन ऊसित। ज्ञान पनि छैन। कुनै दर्शन पनि छैन। साह्रै अराजक भएर, कठिन चुनौती भएर स्थापित भएको छ, यो। यसको मौलिक सत्तालाई यताउता गर्न मिल्दैन।

एउटा अभिजात्य संरचनामा क्रमशः लम्बिँदै, हुर्किंदै गरेको यसको आयु समशितोष्ण प्रकारको छ। ऋतु र मौसमसित यसको सरोकार छैन। परविर्तित परििस्थतिसित संशोधित परमिार्जित हुन सकेको छैन। भौतिक उत्कर्षका महत्त्वाकांक्षाहरू नराखेपछि कसैको केही लाग्दैन। जसलाई प्रमुख पात्रका रूपमा इंगित गर्न खोजिएको छ, त्यसको चरत्रि र विशेषता प्रमुख हुनुपर्छ भन्ने मान्यतालाई अघि सारिएला। कहिलेकाहीँ यस्ता अपेक्षा भ्रमपूर्ण हुन सक्छन्। अपेक्षा गरिएभन्दा फितलो पनि भेटिन सक्छन् ती। सोचमा नपरेका घटना र अज्ञात विषयवस्तुकै अलंकारमा बेरिएको हाम्रो कालचक्र त्यति सुखद छैन। त्यहाँ स्थापित यो पात्रको संरचना कस्तो होला ! सामान्य अनुमान गर्न नसकिने होइन।

पृष्ठभूमिमा प्रमुखको हैसियत प्रदान गरिएको छ, उसलाई। कारणहरू छन्। अथवा कारणहरूको कारणले अर्थ नलागे पनि अरू पात्रहरूभन्दा केही फरक पक्कै हुनुपर्छ। चासोको विषय बनेको छ। सन्दर्भको पंक्ति बनेको छ।

केही पात्रहरू कहिलेकाहीँ असम्बद्ध र असहाय भेटिएका छन्। दुब्ला-पातला र दयनीय भेटिएका छन्। ती टिठलाग्दा पात्र विशेषलाई पनि प्रमुखको पगरी भिराइदिने प्रयोगमा भेटिने दयनीय लेखकहरू छन्। अहिले म कुन पंक्तिमा पर्छु, तपाईंको अध्येताले भन्नेछ। तपाईंको टिप्पणी आवश्यक छ। तपाईंको मन्तव्य आवश्यक छ। पालि आउँदैछ। स्वागत गरनिेछ तपाईंलाई पनि।

पात्रको उदारता र अनुदारता, शालीनता र अराजकता, यी कुनै लक्षणलाई पहिल्याएर लेखकसम्म पुग्ने प्रयास गरिए पनि लेखक नभेटिन सक्छ। लेखक नभेटिने कला उसका सीमा र क्षेत्रहरू हुन्। लेखकलाई निरंकुश तुल्याउन पात्र नै लागेका हुन्छन्।

पात्रको ज्यादतीलाई के तपाईंले महसुस गर्नुभएको छ ! स्रष्टाको रसदपानीमा पात्र निर्भर हुन्छ भन्नुचाहिँ सर्वथा अनर्थ हुनेछ। ऊ पनि स्वतन्त्र सत्ता हो, उसको स्वाधीनता आफ्ना भूमिकामा छ। लेखक, अध्येेता र मौनको रासायनिकतामा मिसिँदै मिसिँदै आएको यसको विम्ब आफ्ना स्थानमा कति कायम रहन सक्छ, त्यो मात्र प्रमुख कुरा हो।

पात्र स्थिर भएर बसे पनि ऊ चलिरहेको हुन्छ। उसले चलाइरहेको हुन्छ। चलायमान रहन्छ, पात्रव्यञ्जना जहिले पनि।

मेरो लेखकले, तपाईंको अध्ययेताले मौनको यो अर्वाचीन अवतरणले प्रताडित भइरहेको हुनुपर्छ, ऊ। कसैले प्रतिक्रिया गर्छ। कसैले गर्दैन।

पात्रशीलता छद्मरूपमा पनि बाहिरिएका हुन्छन्। अन्तरतहमा, अग्रभागमा वा कुनै गुप्तबासमा बसेको जस्तो अभिनय गरेर, प्रकट रूपमा देखिएका छन्। कतिलाई तिनले विस्मय, रोमाञ्च र जटिलताले त्रासदीय तुल्याइरहेका हुन्छन्।

तपाईंले देख्नुभएको छ। मैले देखेको छु। मौन साक्षी छ, उसले निर्निमेष प्रकट गरिरहेको छ। बोल्ने समय आएको छ कि छैन ? बोल्छु भन्छ।

पृष्ठभूमिमा राखिएको प्रमुख पात्रसित तपाईं-हामीले धेरैपटक साक्षात्कार गरसिकेका छौँ। औपचारकिता प्रदान गर्न आवश्यक छैन। ऊ तपाईंजस्तै अध्ययेताको खोजीमा थियो। मजस्तै कुनै लेखकको तिर्सनामा थियो, जसले उसको मर्म महसुस गर्न सक्थ्यौँ। एउटा आधारस्थल चाहिने रहेछ, सहर्ष स्वीकार गरिनुपर्ने प्रयोजनका लागि, जुन उसका लागि अनुकूल हुन सक्छ।

हेर्दाहेर्दै उसको नागरकिता खोसियो। देश खोसियो। धर्म र संस्कृति खोसियो। ऊसित, ती केही रहेनन्।

ऊमाथिको अभियोग के थियो भने उसले ओढेको धर्म र संस्कृतिको प्रतिरक्षाका लागि कहिले कसैसित द्वन्द्व गरेको देखिएन। विरासतमा प्राप्त, नागरकिता वा देशको सार्वभौम स्थापनाका लागि कहिले कसैसित उसले लडाइँ गर्नुपरेको थिएन। राजनीतिका मैदानमा उसले कुनै पार्टी र समुदायको भारी बोक्न चाहेन पनि। त्यसैले निवृत्त तुल्याइयो उसलाई, ती कुराहरूदेखि।

राष्ट्रिय/अन्तर्राष्ट्रिय विसंगतिबाट प्रताडित ऊ अझै कति अन्योल र दिशाहीनताबाट पछारँिदै जाने हो, निश्चित छैन।

ऊ सबै कुराहरूबाट निवृत्त तुल्याइएको छ। तथापि, मानिस हुनुको प्रयोजनबाट निवृत्त छैन ऊ। यसलाई चाहिँ जोगाएर हिँड्ने चाहना छ। यही मानिसको रक्षा गर्न ऊ यहाँसम्म आइपुगेको थियो।

घोडा बेचेर लंगडा सोख पूरा गर्नेहरूका ताँतीमा ऊ एक्लो, असहायजस्तो देखिए पनि कदाचित असहाय छैन।

एउटा लेखकले नै भेटेर प्रमुख पात्र घोषणा गरिएको हो, उसलाई।

उसलाई अनुग्रह चाहिएको छैन। मानिसकै संस्कृति कायम गर्ने सिलसिला मात्र जारी गर्न खोज्दैछ ऊ।

अन्य केही नसके पनि मनुष्यकै आकृतिलाई मात्र रक्षा गर्छु भन्नु पनि ठूलो साहस गरेको छ, उसले।

अहिलेलाई यसको पनि धेरै खाँचो छ।

कविता, नागरकिता, जात, धर्म, भूगोल र राष्ट्र भएको मानिस ती सबै गुमाएर, उसले आफ्ना सम्पदाका खोजीमा एक मानिसलाई मानिसकै रूपमा कायम गर्न मिल्छ कि मिल्दैन ! मानिसकै रूपमा मानिस अर्थ्याउन उपयुक्त हुन्छ कि हुँदैन !

दोहोर्‍याइतेहेर्‍याई विघटन र विचलनको घनले पिटिँदैछ, पिसिँदैछ, यो मानिस। विभेद र वितृष्णाको रंगले चिस्याइँदैछ, चिसिँदैछ यो मानिस। ऊ ती अनर्थहरूप्रति विद्रुप रोप्न खोज्दैछ।

लौ भन्नूस्, यी प्रश्नहरू कति उत्तरति छन् र कति अनुत्तरति !

कुन्नि त्यहाँ तपाईंले लेख्नु भनेको निर्बन्धतामा म आउन सकें कि सकिन ! लेखक बोल्ने यत्ति हो।

उसले बोल्न बाँकी छ।

ऊ अभिनय मात्र गर्छ कि, त्यसदेखि बाहिर जान्छ !

उसले बोल्न बाँकी छ।

नेपाल साप्ताहिक ४२७

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *