मेरो आँखा तिम्रा सामु सृजना न्यौपाने गजल by editorNovember 9, 2014मेरो आँखा तिम्रा सामु त्यसै पोखिएको हैन नूनिलो त पीडाले हो नून घोलिएको हैन कतिसम्म बग्दो रै’छ तकियालाई सोधी हेर मुल फुटेदेखि बढी भेल रोकिएको हैन
भत्कियो घर, भित्ता टालिरहेछु सृजना न्यौपाने गजल by editorSeptember 6, 2014भत्कियो घर, भित्ता टालिरहेछु चुहियो छानो, पाली हालिरहेछु केही दिन देखि,निभिरा’छ चूल्हो कोचेर भुस,आगो बालिरहेछु
रोइरा’छ पहाडसँग ढुंगा सृजना न्यौपाने गजल by editorAugust 30, 20141 Commentरोइरा’छ पहाडसँग ढुंगाले मन दुखाएर लग्यौ किन त्यत्रो जीवन पहिरोमा बगाएर नदीको त्यो किनार नै भागिराछ तर्किएर गयो पच्छ्याउँदै बाढी घर गाउँ डुबाएर
कस्तो मेरो भाग्य सृजना न्यौपाने गजल by editorAugust 24, 2014कस्तो मेरो भाग्य भन्दै फर्किएर गयो उता भयो अब नबोलाऊ झर्किएर गयो उता डराउँछ उभिन नि जून टिप्छु भन्छ फेरि पोल्यो अरे शीतले अनि तर्किएर गयो उता
आशा जति पानी भयो सृजना न्यौपाने गजल by editorJanuary 30, 20141 Commentआशा जति पानी भयो आँखाबाट छुटिरह्यो बाध्यता र विवशताले घरि घरि चुटिरह्यो देखेकी थिएँ सपना जुन अन्धकारमै बिलाएछ पर्खिनेछ लाग्थ्यो तर समय यो गुडिरह्यो
यति चिसो सिरेटोमा सृजना न्यौपाने गजल by editorDecember 28, 2013यति चिसो सिरेटोमा कसो गर्छ होला आज भोलि के खाएर पेट भर्छ होला त्यही एउटा बर्को थियो छेक्नलाई जाडो अगेनाको अगूल्टाकै भर पर्छ होला
छोरी सम्झी सिरानीमा सृजना न्यौपाने गजल by editorDecember 18, 20131 Commentछोरी सम्झी सिरानीमा आशुँ कति झार्यौ आमा? एक्लै हुँदा बलेंसीमा आशुँ कति झार्यौ आमा? ‘आमा’ भन्दै बोलाँउदै कहिले आउँछे होला भनी टोलाएर दोबाटोमा आँशु कति झार्यौ आमा?
जङ्गलको माझमा पनि फूल फूल्छ सृजना न्यौपाने गजल by editorDecember 12, 20131 Commentजङ्गलको माझमा पनि फूल फूल्छ साथी रमाउँदै डाली डाली चरि डुल्छ साथी जिउनु नै छ काँडामाथि हिँड्न सक्नु पर्छ पहिलो पाईला चालेपछि बाटो खुल्छ साथी
कोदाली र हथौडाले उठाएको फोको सृजना न्यौपाने गजल by editorDecember 5, 2013कोदाली र हथौडाले उठाएको फोको देखेँ अन्न सबै साहुकोमा किसान ऊ भोको देखेँ पोखिरा’छ परिश्रम उब्जा राम्रो बनाउन पेट भर्ने केही छैन पिरै पीरको पोको देखेँ अन्न सबै साहुकोमा किसान ऊ भोको देखेँ
वास्तविकता अर्कै हुन्छ सृजना न्यौपाने गजल by ksApril 21, 20132 Commentsवास्तविकता अर्कै हुन्छ भावनामा नहराऊ बिना गल्ती कसैसँग कहिले पनि नडराऊ ठिक ठाउँमा बस आफू झुटको खेती गर्नुहुन्न शान्त भई कुरा गर रिसाएर नकराऊ
आज फेरि देखें त्यहाँ सृजना न्यौपाने गजल by ksMarch 26, 20131 Commentआज फेरि देखें त्यहाँ सिसा एक फुट्दै थियो । एउटा मन रुदै थियो क्रोधी मुटु कुट्दै थियो बलहिन शक्तिहिन के नै गर्न सक्थ्यो र ऊ ? दबाउन उसलाई गुट गुट जुट्दै थियो
आँशु बग्न दे’की छैन सृजना न्यौपाने गजल by ksMarch 18, 20131 Commentआँशु बग्न दे’की छैन हाँसिरहेकी छु आमा सम्झिएर घर गाउँ बाँचिरहेकी छु आमा फकाएर काखमा राखी खेलाउनु भ’को पल जोगाएर मनभित्र साँचिरहेकी छु आमा
बिर्सी गई पापिनीले सृजना न्यौपाने गजल by ksMarch 15, 2013बिर्सी गई पापिनीले भन्छ होला उस्ले वहाँ कसो गरी भन्नु मैले मेरो हालत यस्तो यहाँ बगाउदै आँशुहरू रोई रोई बसेकी छु तन मात्र यहाँ तर मन अझै मेरो त्यहाँ
नरोऊ है कालु सृजना न्यौपाने गजल by ksMarch 10, 2013नरोऊ है कालु तिमी आउनेछु फर्किएर भेट भए कुनै पल नजानु है तर्किएर बिर्सन्न नि म त कहिले सम्झना छ मुटु माझ तिम्रो याद्ले आँखाबाट झर्छ आशु दर्किएर
फाटेको मन टालिरा’छु सृजना न्यौपाने गजल by ksOctober 30, 2012फाटेको मन टालिरा’छु आज तिम्रै यादमा बिरामी तन पालिरा’छु आज तिम्रै यादमा उज्यालो छर्न जलिदिन्छ दीयो आफैँ साँझमा थपेर तेल बालिरा’छु आज तिम्रै यादमा
बगाएर आशुँ कति बिते रातहरू सृजना न्यौपाने गजल by ksOctober 22, 20123 Commentsबगाएर आशुँ कति बिते रातहरू जोड्दा जोड्दै च्यातिएर छुटे साथहरू रुन्न अब भनि बाचा गरेँ धेरै चोटी आफ्नै मुटु टुक्रिइँदा सहेँ घातहरू
कहिले कहाँ के हुने हो सृजना न्यौपाने गजल by ksAugust 8, 20127 Commentsकहिले कहाँ के हुने हो जान्नु मैले कसो गरी ? कुन आफ्नो को बिरानो छान्नु मैले कसो गरी ? सल्लाह त सबै दिन्छन् सुन्दा सुन्दा थकित भएँ सुने जति सबै कुरा मान्नु मैले कसो गरी ?
बिर्सिएर तिमीलाई अन्तै भुल्न सकिन सृजना न्यौपाने गजल by ksJuly 28, 2012बिर्सिएर तिमीलाई अन्तै भुल्न सकिन म कोपिलामै झरेपछि फूल फुल्न सकिन म । सुकेको बोट सुकेको पात मन पनि सुकेर नै ठिङ्ग भई उभिरहेँ अझै झुल्न सकिन म ।
एकपछि अर्को गरी चोट लागिरा’छ सृजना न्यौपाने गजल by ksJuly 23, 20121 Commentएकपछि अर्को गरी चोट लागिरा’छ गरिबीको बदनामी खोट लागिरा’छ कहिले नि नभरिने यही पापी पेट भर्दा भर्दै ऋणै ऋण नोट लागिरा’छ
धुलो पीठो हुँदा पनि सृजना न्यौपाने गजल by ksJuly 18, 20122 Commentsधुलो पीठो हुँदा पनि अझै सानो हुन्छु भन्छ छचल्किदै पोखिइने आँशु झरी चुन्छु भन्छ ।। न त कहिले शान्त हुन्छ न त बस्छ चुप लागी भिजाउँदै तकिया नि एकोहोरो रुन्छु भन्छ ।।