Skip to content

सृजना न्यौपाने

मेरो आँखा तिम्रा सामु

मेरो आँखा तिम्रा सामु त्यसै पोखिएको हैन
नूनिलो त पीडाले हो नून घोलिएको हैन

कतिसम्म बग्दो रै’छ तकियालाई सोधी हेर
मुल फुटेदेखि बढी भेल रोकिएको हैन

रोइरा’छ पहाडसँग ढुंगा

रोइरा’छ पहाडसँग ढुंगाले मन दुखाएर
लग्यौ किन त्यत्रो जीवन पहिरोमा बगाएर

नदीको त्यो किनार नै भागिराछ तर्किएर
गयो पच्छ्याउँदै बाढी घर गाउँ डुबाएर

कस्तो मेरो भाग्य

कस्तो मेरो भाग्य भन्दै फर्किएर गयो उता
भयो अब नबोलाऊ झर्किएर गयो उता

डराउँछ उभिन नि जून टिप्छु भन्छ फेरि
पोल्यो अरे शीतले अनि तर्किएर गयो उता

आशा जति पानी भयो

आशा जति पानी भयो आँखाबाट छुटिरह्यो
बाध्यता र विवशताले घरि घरि चुटिरह्यो

देखेकी थिएँ सपना जुन अन्धकारमै बिलाएछ
पर्खिनेछ लाग्थ्यो तर समय यो गुडिरह्यो

छोरी सम्झी सिरानीमा

छोरी सम्झी सिरानीमा आशुँ कति झार्‍यौ आमा?
एक्लै हुँदा बलेंसीमा आशुँ कति झार्‍यौ आमा?

‘आमा’ भन्दै बोलाँउदै कहिले आउँछे होला भनी
टोलाएर दोबाटोमा आँशु कति झार्‍यौ आमा?

जङ्गलको माझमा पनि फूल फूल्छ

जङ्गलको माझमा पनि फूल फूल्छ साथी
रमाउँदै डाली डाली चरि डुल्छ साथी

जिउनु नै छ काँडामाथि हिँड्न सक्नु पर्छ
पहिलो पाईला चालेपछि बाटो खुल्छ साथी

कोदाली र हथौडाले उठाएको फोको

कोदाली र हथौडाले उठाएको फोको देखेँ
अन्न सबै साहुकोमा किसान ऊ भोको देखेँ

पोखिरा’छ परिश्रम उब्जा राम्रो बनाउन
पेट भर्ने केही छैन पिरै पीरको पोको देखेँ
अन्न सबै साहुकोमा किसान ऊ भोको देखेँ

वास्तविकता अर्कै हुन्छ

वास्तविकता अर्कै हुन्छ भावनामा नहराऊ
बिना गल्ती कसैसँग कहिले पनि नडराऊ

ठिक ठाउँमा बस आफू झुटको खेती गर्नुहुन्न
शान्त भई कुरा गर रिसाएर नकराऊ

आज फेरि देखें त्यहाँ

आज फेरि देखें त्यहाँ सिसा एक फुट्दै थियो ।
एउटा मन रुदै थियो क्रोधी मुटु कुट्दै थियो

बलहिन शक्तिहिन के नै गर्न सक्थ्यो र ऊ ?
दबाउन उसलाई गुट गुट जुट्दै थियो

आँशु बग्न दे’की छैन

आँशु बग्न दे’की छैन हाँसिरहेकी छु आमा
सम्झिएर घर गाउँ बाँचिरहेकी छु आमा

फकाएर काखमा राखी खेलाउनु भ’को पल
जोगाएर मनभित्र साँचिरहेकी छु आमा

बिर्सी गई पापिनीले

  • by

बिर्सी गई पापिनीले भन्छ होला उस्ले वहाँ
कसो गरी भन्नु मैले मेरो हालत यस्तो यहाँ

बगाउदै आँशुहरू रोई रोई बसेकी छु
तन मात्र यहाँ तर मन अझै मेरो त्यहाँ

फाटेको मन टालिरा’छु

  • by

फाटेको मन टालिरा’छु आज तिम्रै यादमा
बिरामी तन पालिरा’छु आज तिम्रै यादमा

उज्यालो छर्न जलिदिन्छ दीयो आफैँ साँझमा
थपेर तेल बालिरा’छु आज तिम्रै यादमा

बगाएर आशुँ कति बिते रातहरू

बगाएर आशुँ कति बिते रातहरू
जोड्दा जोड्दै च्यातिएर छुटे साथहरू

रुन्न अब भनि बाचा गरेँ धेरै चोटी
आफ्नै मुटु टुक्रिइँदा सहेँ घातहरू

कहिले कहाँ के हुने हो

कहिले कहाँ के हुने हो जान्नु मैले कसो गरी ?
कुन आफ्नो को बिरानो छान्नु मैले कसो गरी ?

सल्लाह त सबै दिन्छन् सुन्दा सुन्दा थकित भएँ
सुने जति सबै कुरा मान्नु मैले कसो गरी ?

बिर्सिएर तिमीलाई अन्तै भुल्न सकिन

  • by

बिर्सिएर तिमीलाई अन्तै भुल्न सकिन म
कोपिलामै झरेपछि फूल फुल्न सकिन म ।

सुकेको बोट सुकेको पात मन पनि सुकेर नै
ठिङ्ग भई उभिरहेँ अझै झुल्न सकिन म ।

धुलो पीठो हुँदा पनि

धुलो पीठो हुँदा पनि अझै सानो हुन्छु भन्छ
छचल्किदै पोखिइने आँशु झरी चुन्छु भन्छ ।।

न त कहिले शान्त हुन्छ न त बस्छ चुप लागी
भिजाउँदै तकिया नि एकोहोरो रुन्छु भन्छ ।।