फाटेको मन टालिरा’छु आज तिम्रै यादमा
बिरामी तन पालिरा’छु आज तिम्रै यादमा
उज्यालो छर्न जलिदिन्छ दीयो आफैँ साँझमा
थपेर तेल बालिरा’छु आज तिम्रै यादमा
चाहना धेर पलाएछ तिम्रो साथको आशमा
पाइला मेरा चालिरा’छु आज तिम्रै यादमा
आउने भोलि उषा किरण प्रभातसँगै पर्खेर
अँधेरी रात ढालिरा’छु आज तिम्रै यादमा
