Skip to content

आज फेरि देखें त्यहाँ


आज फेरि देखें त्यहाँ सिसा एक फुट्दै थियो ।
एउटा मन रुदै थियो क्रोधी मुटु कुट्दै थियो

बलहिन शक्तिहिन के नै गर्न सक्थ्यो र ऊ ?
दबाउन उसलाई गुट गुट जुट्दै थियो

ओइलिएको शरीरमा निल डाम जता ततै
हेर्दा लाग्थ्यो उसको अब आत्मा ज्यान छुट्दै थियो

रोई रोई हात जोडी बिन्ती गरे पनि जति
कोही छैन सुन्ने त्यहाँ पापिले झन चुट्दै थियो

विवश थिएँ म पनि त चुप चाप हेरिरहें
केही छिनमा मेरो पनि सास साँच्चै टुट्दै थियो

1 thought on “आज फेरि देखें त्यहाँ”

  1. आज फेरि देखें त्यहाँ
    Oho kati marmik gajal … wastabmai hamro samaj ahile yasari nai gujriraheko chha.

    Srijana ji ko sabai gajal haru padhe, lekhan shaili ekdamai ramro lagyo nirantarata dirahanu hola
    dhanyabad

Leave a Reply

Your email address will not be published. Required fields are marked *