मेरो आँखा तिम्रा सामु त्यसै पोखिएको हैन
नूनिलो त पीडाले हो नून घोलिएको हैन
कतिसम्म बग्दो रै’छ तकियालाई सोधी हेर
मुल फुटेदेखि बढी भेल रोकिएको हैन
टुटी झरे सपना ती मरे सबै आशाहरू
जिउँदै छ शरिर यो अँझै सकिएको छैन
सक्छौ भने भत्काउन स्मृतिलाई मस्तिष्कमै
ताजा नै छ अतित त्यो कत्ति ओइलिएको छैन
कुल्च मिल्च च्यात फाल गर जे जे गर्न सक्छौ
‘सृजना’को चमक त कैले मैलिएको छैन
सृजना न्यौपाने
दमक झापा
हाल- मिनेसोटा अमेरिका
