रोइरा’छ पहाडसँग ढुंगाले मन दुखाएर
लग्यौ किन त्यत्रो जीवन पहिरोमा बगाएर
नदीको त्यो किनार नै भागिराछ तर्किएर
गयो पच्छ्याउँदै बाढी घर गाउँ डुबाएर
निर्दयी यो समयले खेलेको हो कस्तो खेल ?
मार्छ अँझै कति मान्छे महामारी फैलाएर
मर्नै पर्छ एकदिन थाहा छ यो सत्य तर
यस्तो बिकराल किन ? नियति नै बौलाएर
आमा खोइ बाबा खोइ, खोइ मेरा भाइ बहिनी ?
रोइ रोइ सक्यो आँशु घाँटी सुक्यो कराएर
दया, धर्म, अहिंसाको पाठ सधैं सिकाउने
किन थुक्यौ ? हे भगवान मानवलाई चबाएर
सृजना न्यौपाने
दमक झापा
हाल- मिनेसोटा अमेरिका

राम्रो छ् ।
राम्रो छ् ।