छोरी सम्झी सिरानीमा आशुँ कति झार्यौ आमा?
एक्लै हुँदा बलेंसीमा आशुँ कति झार्यौ आमा?
‘आमा’ भन्दै बोलाँउदै कहिले आउँछे होला भनी
टोलाएर दोबाटोमा आँशु कति झार्यौ आमा?
झारको बुटो टिप्दै गर्दा लालुपाते फूलछेउ
तप्प तप्प कोपिलामा आँशु कति झार्यौ आमा?
सत्बाटोमा लाग्नु, आफ्नो राम्रो ख्याल गर्नु भन्दै
लुकाएर आँचलमा आँशु कति झार्यौ आमा?
‘चाँडै फर्की आउँछु आमा’ भन्ने वाणी गुन्जिएर
देख्दा सखी झझल्कोमा आँशु कति झार्यौ आमा?

राम्रो लाग्यो तपाँर्इको रचना
राम्रो लाग्यो तपाँर्इको रचना !!!