जङ्गलको माझमा पनि फूल फूल्छ साथी
रमाउँदै डाली डाली चरि डुल्छ साथी
जिउनु नै छ काँडामाथि हिँड्न सक्नु पर्छ
पहिलो पाईला चालेपछि बाटो खुल्छ साथी
अँध्यारो र ढुङ्गा बाटो कति आउँछ कति
चर्को घाम तातो बगर खुट्टा पोल्छ साथी
सक्दिन म गर्न केही नसोच है कहिले
दनदनी आगो हुन्छ मन जल्छ साथी
हिंड्दै जाँदा बाटो कतै ठेस पनि लाग्ला
चिप्लिएर पैताला यी मान्छे ढल्छ साथी
अफ्ठेरो त जीन्दगिमा आउँछ घरि घरि
हार खानु हुन्न कबै जीवन फल्छ साथी
सृजना न्यौपाने
दमक झापा

nikai ramro keep it up
nikai ramro keep it up