धुलो पीठो हुँदा पनि अझै सानो हुन्छु भन्छ
छचल्किदै पोखिइने आँशु झरी चुन्छु भन्छ ।।
न त कहिले शान्त हुन्छ न त बस्छ चुप लागी
भिजाउँदै तकिया नि एकोहोरो रुन्छु भन्छ ।।
बुझाएर कहिले पनि नसकिने मेरो मन
बगाएरै अँश्रुधारा पीडा सबै धुन्छु भन्छ ।।
बेदनाले पोलिरहने मुटु छ यो छातीभित्र
बेदनाकै संगीतमा एउटा गीत बुन्छु भन्छ ।।
धुलो पीठो हुँदा पनि अझै सानो हुन्छु भन्छ
छचल्किदै पोखिइने आँशु झरि चुन्छु भन्छ ।।
सृजना न्यौपाने
दमक, झापा

tito mitho
भावना नै जिबन हैन यथार्थमा जिउनु पर्छ
फाटीएका भावनालाई शान्तमनले सिउनु पर्छ
प्यासै प्यासमा मात्तिएर अमृत खोज्छ जीवनले
प्यासलाई भुलाउन जहर पनि पिउनु पर्छ
Dharai ramroooooo
Dharai ramroooooo