Skip to content

बगाएर आशुँ कति बिते रातहरू


बगाएर आशुँ कति बिते रातहरू
जोड्दा जोड्दै च्यातिएर छुटे साथहरू

रुन्न अब भनि बाचा गरेँ धेरै चोटी
आफ्नै मुटु टुक्रिइँदा सहेँ घातहरू

आफ्नै गाउँ आफ्नै ठाउँ हुन खोज्छ नौलो
पीडाहरू थुप्रा भई लागे खातहरू

किन गम्भीर भयौ भनि सोधिरहन्छन सङ्गी
कसो गरी भन्नु मैले खाएँ लातहरू

3 thoughts on “बगाएर आशुँ कति बिते रातहरू”

  1. जबाफ(दुई शेर मात्र है )
    बगाएर आशुँ कति बस्छेउ सृजना
    तिमी म सगै बसउ आउ सृजना

    सुख मात्र दिन्छु तिम्लाई भन्दिना
    मेरो याद मा ति आशु नखसाउ सृजना

Leave a Reply

Your email address will not be published. Required fields are marked *