Skip to content

यति चिसो सिरेटोमा


यति चिसो सिरेटोमा कसो गर्छ होला
आज भोलि के खाएर पेट भर्छ होला

त्यही एउटा बर्को थियो छेक्नलाई जाडो
अगेनाको अगूल्टाकै भर पर्छ होला

चिहाउँथ्यो घाम-जून, पानी भित्रै पस्थ्यो
त्यही छानोले अँझै कति बर्ष टर्छ होला

अहिले खाने अन्न छैन भरेलाई के हो
यै सासले अरु कति दिन सर्छ होला

मन्दिरमा पोख्ने दुध उसलाई दिए हुने
एकै छाक भए पनि भोक मर्छ होला

सृजना न्यौपाने
दमक झापा

Leave a Reply

Your email address will not be published. Required fields are marked *