१) कृष्ण तिमीलाई
कृष्ण तिमीलाई श्रद्धाञ्जली
स्वीकार मनको भावाञ्जली
आउँछ जाने सबको दिन
तिमीलाई लग्यो बनी छली
२) दैव तँलाई
दैव तँलाई विवेक छैन
ट्याप्प टिपेर नलगी भैन
के दुष्मनी थियो उनीसँग
यस्तो कुकर्म मन पर्दैन
३) आउने जाने
आउने जाने छ कर्म जारी
नित्यकर्म हो यो संसारी
छैन दैवमा मार्मिक ख्याल
लान्छ कसैलाई मर्मपारी
सदानन्द अभागी
