Skip to content

दुई मुक्तक (देश बनाउने कोही छैनन्)


देश बनाउने कोही छैनन्
देश बनाउने कोही छैनन् स्वार्थ लिप्सा अति बढी
नेताजीले भाषण गर्छन् मञ्चमा नभै छाना चढी
अजिङ्गर बन्दै गए जनताका सारा पीर मर्का
उनलाई कुनै कमी छैन, मनोरञ्जन् छ पला–घडी

लाज सरम
लाज–सरम पचाइसके सारा हाम्रा नेताजीले
नेताबाट सावधान हुनु भन्नु हुन्थ्यो पिताजीले
छोडे सत्यकर्म अनि धर्म पार्न थाले ठूलै मर्म
नारी अस्मिता बचाउनु छ भन्नुहुन्थ्यो माताजीले

सदानन्द अभागी

Leave a Reply

Your email address will not be published. Required fields are marked *