गंगा लिगलको सङ्क्षिप्त परिचय


परिचय
गंगा लिगल नेपाली साहित्यको क्षेत्रम नौलो नाम हैन । उनी नेपाली साहित्यकी एक सशक्त नारीहस्ताक्षर हुन् । उनको जन्म पनि नेपालको सुन्दर ऐतिहासिक नगरी पाल्पामा भएको हो । माथि श्रीनगरको डाँडो जहाँबाट हिमालका सेता हिमछादित टाकुराहरूको अवलोकन गर्न सकिन्छ भने तलको समथल भू–भभाग माडी फाँट कहलाउँछ । यस्ता पर्यटकीय स्थलमा पिता स्व. श्रीगणेश प्रसाद श्रेष्ठ र माता स्व. श्रीमती केशव लक्ष्मी श्रेष्ठकी पुत्रीरत्नको रूपमा जन्म लिएर गंगाले नेपाली साहित्यका विविध विधामाा कलम चलाउँदै आउनु भएको छ र समाज परिवर्तनको वाहकको रूपमा आफूलाई प्रदर्शन गर्दै हुनुहुन्छ । यस्ती होनहार साहित्यिक व्यक्तित्वको जन्म पाल्पा तानसेनमा भए पनि स्थायी बसोबास भने सिद्धार्थ नगर, भैरहवामा हो र हाल उहाँ ह्युस्टन, टेक्सास अमेरिकामा रहेर साहित्यमा सेवा पुर्याउँदै आउनु भएको छ । अ.ने.सा.स. ह्युस्टरको स्थापक अध्यक्ष पनि हुनुहुन्छ । शिक्षाको हकमा त्रिभूवन विश्वविद्यालयबाट एम.ए. कल्चरको डिग्री हाँसिल गरिसक्नुभएको छ भने पेशाले उहाँ भैरहवा बहुमुखी क्याम्पसको प्राध्यापक पनि हो ।

साहित्यिक यात्रामा गंगा– गंगाजीको साहित्यिक यात्रा कविता विधाबाट थालनी भएको देखिन्छ । विहानी कवितासङ्ग्रह पहिलो कविता कृति हो । संगीतको आभास कविताङ्ग्रहको लेखकीयमा गंगाजीले भन्नुभएको छ –‘ म भन्छु साहित्य मेरो मुटु हो । मुटुको प्रत्येक स्पन्दन मेरा कविता हुन् । यसैका परिपूर्णता नै मेरो साहित्यिक तीर्खा मेटाउने माध्यम हो ।’ वास्तवमा साहित्यिक तीर्खा अनन्त हुन्छ । जति पियो त्यति पिउँ पिउँ लाग्ने । यसरी नै मुटु पनि जति दह्रो हुन्छ त्यतिनै स्फुरण पनि तीव्र गतिमा बढ्छ । गंगाले बोलेका यी शब्दहरूलाई उनका साहित्यिक सिर्जनाले प्रमाणित गरेका छन् । गंगाको लहर (कविता र लेख रचनाको संगालो),युग ज्योति (कविता र लेख रचनाको संगालो), आमा कवितासङ्ग्रह (२०६५) गंगाका तरंग (कविता सङ्ग्रह), संगीतको आभास (कविता सङ्ग्रह, इ.सं. २००७), ममताको खास्टो (खण्डकाव्य), गंगाको गजल (गजलसङ्ग्रह, वि.सं.२०६७) सखी वियोग ( खण्डकाव्य, सन् २०१०), सागर पारि (कवितासङ्ग्रह, वि.सं. २०६८), लाली गुराँस (गीतिसङ्ग्रह), भानु तिम्रो सम्झनामा (कवितासङ्ग्रह, वि.सं. २०६९), हृदयका स्पन्दन,(लामो कविता सङ्ग्रह २०७२) काव्य जून (मुक्तकसङ्ग्रह) र गंगाजल ( हाइकुसङ्ग्रह ) कविता विधामा आधारित रहेर गंगाजीले सिर्जना गरेका यी कविता कृेतिहरूले जीवनका विविध पक्ष र समाज परिवर्तनका संवाहकको रूपमा मार्गदर्शन गरेका छन् । कविता लेख्छु भन्दैमा कविता बन्दैन र लेखिदैन पनि । कविता त स्वत स्फुरण हुने हो । गंगाजीका यी कविता–कृतिहरूले उनमा स्वतफुरण शक्ति प्रचुरमात्रामा छ भन्ने प्रमाणित गर्दछ । मुटुको प्रत्येक स्पन्दन गंगाजीका कविताका रूपमा प्रवाह भएको धारणा उनको कृतिहरूमा लेखिएका लेखकीयबाट प्रष्ट हुन्छ । नेपाली साहित्यमा सबैभन्दा बढ्ता लेखिने विधा कविता हो । गंगाजीले पनि आफ्नो साहित्यिक यात्रामा खण्डकाव्य, कवितासङ्ग्रह, गजलसङ्ग्रह, मुक्तकसङ्ग्रह, हाईकुसङ्ग्रह गरेर १४ ओटा कृतिहरू हामीलाई प्रदान गरिसक्नुभएको छ ।

आज नेपाली साहित्य गजलमय भएको छ । यस गजलमय समयलाई गंगाजीले पनि समाउनु भएको छ । गंगाका गजल (गंगा लिगलको गजल सङ्ग्रह वि.सं.२०६७) जो होमनाथ सुवेदीजीले सम्पादन गर्नुभएको छ,त्यो बजारमा आइसकेको छ । यसको लेखकीयमा गंगाजीको साहित्यिक यात्रा बाह्र वर्षको कलिलो अवस्थाबाट थालनी भएको जानकारी दिनु भएको छ । २००५ सालमा अमेरिकाको हुस्टनमा,जहाँ गंगाजकिो छोरा सञ्जयको बसोबास थियो, गएपछि गजल कृति प्रकाशनमा आएको विवरण पनि यसै कृतिबाट जानकारी पाइन्छ । हाइकु जापानी भाषा साहित्यमा प्रचलित नाम हो । नेपालमा हाइकु लेखन प्रचलनमा आएको छ र गंगाजीले पनि आफ्नो क्षमताको प्रदर्शन गर्नुभएको छ ।

एउटा शिकारीले क्रौच पंछीको यौन क्रीडा अवस्थामा तीर हानी खसाल्दा बाल्मीकिको मुखबाट श्लोक स्फुरण भयो र यसै घटनाक्रमबाट रामायण लेखनको थालनी भयो, तुलसी दास आफ्नी पत्नीमा धेरै आकर्षक थिए । पत्नी माइत गएको वेला माइतीमै पुग्दा तुलसी दासकी पत्नीले यो प्रेम ममा नराखी राममा राख्ने भन्दै धिकार्दा तुलसी दासले रामायण लेखे र घाँसीको प्रेरणाले भानुभक्तले रामायण लेखे भने गंगाजीको साहित्यमा लाग्ने प्रेरणा कहाँबाट पलायो र साहित्यलाई आफ्नो प्राण ठान्नुहुन्छ त ? मनमा जिञासा पलायो र सन्देश मार्फत जानकारी मागे । वायोडाटामा छ भन्ने जवाफ त प्राप्त भयो तर सबै कृतिको प्रकाशन वर्ष, प्रेरणाको स्रोत र प्रथम रचना र रचना प्रकशित पत्रिकाको जानकारी पाउन सकिन । ‘आमा’ कवितासङ्ग्रहको भूमिकामा बालकृष्ण भट्टराईले लmेख्नुभएको छ –‘ कवियित्रीका प्रेरणास्रोत उनकै जीवनदायिनी आमा र जन्मभूमि हुन्’। कवियित्रीका कृतिहरू पढ्दै जाने क्रममा मनमा लागेका धारणाहरू राख्दै जाने छु ।

पुरस्कार/सममान –हाम्रो गीता दर्शनले काम गर्दै जाने र फलको आशा नराख्ने भन्ने उपदेश प्रदान गरेको छ तर कर्म गर्दै गएपछि फल आफ्सेआँप प्राप्त हुन्छ । गंगा लिगलले साहित्यलाई आफ्नो जीवनको अभिन्न अङ्ग मुटु सम्झदै लेख्दै गर्दा उहाँको यस कर्मले धेरै फलहरू उपलब्ध गराएको छ । २०४८ सालमा राष्ट्रिय शिक्षा पदक, भानुजयन्तीमा वासिङटन डि.सी.बाट ँबmयगक एयभतभकक को सम्मान (२००९), ल्भउबभिकभ ब्ककयअष्बतष्यल या ज्यगकतयलबाट नेपाली साहित्य सम्मान (२०१४), नेवा खल सिद्धार्थनगर भैरहवा सम्मान, अ.ने.सा.स. नेपाल च्याप्टरबाट सम्मानद (२०६९) महिला साक्षरता अभियान कार्यक्रमबाट सम्मान (२०५२), २०० औं भानु जयन्तीमा डि.सी.बाट भानु सम्मान, अ.ने.सा.स.सर्वोत्कृष्ट लु.अं. पुस्तक (भानु तिम्रो सम्झना) पुरस्कार, वासिङगटन डि.सी., अ.ने.सा.स. डायस्पोरा सम्मान न्यूयोर्क (२०१४), अ.ने.सा.स. अन्तर्राष्ट्रिय नारी दिवस सम्मान (बोस्टन, २०१४) साहित्य सिर्जना सम्मान, (बोस्टन, २०१४),आदिकवि भानुभक्त आचार्य बिकत वार्षिकी समारोह समिति लुम्बिनी अञ्चल, रुपन्देहीद्वारा सम्मानित (२०७१), नेपाल शिक्षकसंघ केन्द्रीय सम्मान (२०७०), चितवन साहित्य परिषद भानु सम्मान (२०७१) लुम्वििनी वाङ्मय प्रतिष्ठान लुम्बिनी अञ्चलद्वारा सम्मानित, राष्«ट्रसेविका नेपालद्वारा प्रमुख वक्ता सम्मान,, सर्वोत्कृष्ट पुस्तक पुरस्कार (अमेरिका उपन्यासमा, अमेरिकामा २०१५), त्रिमूर्ति निकेतन लुम्बिनी समन्वयम समिति लुम्बिनी अञ्चल पाल्पाद्वारा अभिनन्दन (२०७२) अ.ने.सा.स. नेपाल च्याप्टरबाट सम्मान(२०७३), विश्व नारी त्रिमूर्ति निकेतन लु.अ.रुपन्देहीबाट सम्मानित (२०७३), तानसेन गुठी काठमाण्डौबाट सम्मान (२०७३), ज्योति साहित्य प्रतिष्ठानबाट सम्मान(२०७३), सिधार्थ साहित्य परिषद भैरहवाबाट दे्वकोटा जयन्तीमा कदर पत्र (२०७३), त्रिमूर्ति निकेतन केन्द्र शताब्दी पुरुष सत्यमोहन जोशीबाट सम्मान २०७४), प्रश्रित प्रतिष्ठान नेपालबाट सम्मान (२०७४),सिसासबाट कदरपत्र (२)०७४) सिसास श्रीफाइनान्सबाट साहित्य पुरस्कार (२०७४) नेपाल टाइगर साप्ताहिकद्वारा सम्मान (२०७५) आदि संस्थाहरूबाट गंगाजी अभिनन्दित / सम्मानित भैसक्नुभएको छ । यी कदरपत्र /पुरस्कार र सम्मानलाई केलाउँदा उहाँको यो्गदान साहित्यमा मात्र नभै विविध क्षेत्रमा भएको प्रमाणित हुन्छ । गंगाजी साहित्य तथा समाजलाई सेवा पुर्याउन विविध संस्थाहरूमा पनि आवद्ध हुनुहुन्छ । उहाँको आवद्धताहरू यसप्रकार छन्–

आजीवन सदस्य – अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, सिर्जनशील साहित्य समाज, लुम्बिनी वाङ्मय प्रतिष्ठान, नेत्रज्योति संघ (नेपाल), आजीवन सदस्य एव म सल्लाहाकार, नेपाल परिवार नियोजन संघ, नेपाल रेडक्रस सोसाइटी, विश्व हिन्दू महासंघ, वैदिक धर्म सनातन समिति, जनमत पत्रिका, ज्योति प्रतिष्ठान, पोखरा थोक साहित्य, गुञ्जन साहित्य नारी प्रतिष्ठान, बनिता साहित्ष्य र विश्व महासंघ आदि उहाँको आजीवन सदस्यमा आवध्यता देखिन्छ ।

संस्थापकको रूपमा गंगा लिगल – गंगाजी सत्य साई केन्द्र जनकपथ,भैरहवा र ठुटी पिपलको संस्थापक हुनुहुन्छ भने मेउडिहवाको भूतपूर्व अध्यक्ष पनि हुनुहुन्छ ।

अत गंगा लिगल व्यक्ति एक भए पनि उनी अनेकौं प्रतिभाकी धनी हुनुहुन्छ । उहाँका कृतिहरूको अध्ययन गर्दै टीकाटिप्पणी गर्दै जाउँला । आज उहाँको सानो परिचय सहित यो लेख यहीं विट मार्न चाहन्छु ।
धन्यवाद

सदानन्द अभाागी
२०७५ साल श्रावण

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *